फोटोः दिनेशखबरबाट

कन्चनपुर । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निष्पक्ष छानविनमा विवादित व्यक्तिका रुपमा रहेका प्रहरी उपरिक्षक डिल्लीराज विष्ट निलम्बलनमा परेका छन् ।

अनुसन्धान प्रक्रिया पूरा गरी घटनाको निष्पक्ष छानबिन नभएसम्म विष्टलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो । शनिबार गृहमन्त्रालयले एसपी विष्टलाई निलम्बन गर्न तथा डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेड्क्वार्टर बोलाउन निर्देशन दिएको हो ।

बलात्कारपछि भएको हत्याको विरोधमा कञ्चनपुरमा आन्दोलन हुँदा जिल्लाको नेतृत्व सम्हालेका विष्टले सुनुवाई नगरेको भन्दै बिहिबार मात्रै फिर्ता बोलाएको थियो । आन्दोलनले चर्कोरुप लिएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपी विष्ट र डीएसपीलाई फिर्ता बोलाएको थियो । –नयाँपत्रिकाबाट

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।