सहयोग रकम हतान्तरण गर्दै युवा समाजसेवी एंव नेकपाका नेता मर्दन सिं तामाङ(पेमा)

राजकुमार गोले
भक्तपुर– पहिला पनि दुख थियो । त्यहीमाथि अर्को दुख थपियो फेरि । काभ्रे बेथानचोक गाउँपालिका–५ च्यासिङ्गखर्क माझगाउँका बिरबहादुर तामाङ्गको परीवारमा । दाई लालकाजी तामाङलाई बचाउँन सकेन ।

दुबै मृगौला फेल थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । भाई बिरबहादुर तामाङको पनि शरिरमा भएका दुवै मृगौलाले काम गर्न छोड्यो । अहिले उनी भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा जिवन मरणको दोसाधमा बाँचिरहेका छन् । ९ जनाको परिवार पाल्न पनि बिरबहादुरलाई सधै पिरलो थियो ।

दुबै मृगौलाले काम गर्न छाडेपछि उनको परिवारमा रुवाबासी नै चलेको छ ।

दुबै मृगौला पिडित तामाङलाई कोरियाबाट आर्थिक सहयोग

दुबै मृगौला पीडित वीर बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ । कोरिया मा कर्यरत बेथानचोक गा.पा का युवाहरुले संकलन गरि पठाएको ६४ हजार रुपैया रकम मृगौला पीडित तामाङलाई युवा समाजसेवी एंव नेकपाका नेता मर्दन सिं तामाङ(पेमा) ले हस्तान्तरण गरेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।