घेदुङ साइप्रसको प्रथम अधिबेशन हुँदै, तयारी तिब्र

सुनिला दोङ तामाङ
साइप्रस । नेपाल तामाङ घेदुङ साइप्रसको प्रथम अधिवेशन हुने भएको छ । अधिबेशन आउँदो अक्टोबार २८ तारिखका दिन हुने आयोजकले तेमाल अनलाईनलाई बताएको छ ।

बैदेशिक रोजगारको शिलसिलामा साईप्रसमा पुगेका तामाङहरु संगठीत भई प्रवासमै रहेर भएपनि तामाङ भाषा, धर्म र संस्कृतिको विकास, सम्बद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको घेदुङको स्थापना २३ अक्टोबर २०१६ मा स्थापना भएको थियो ।

प्रथम अधिवेशनका साथमा दोस्रो वार्षिकोत्सव समेत हुने आयोजकले जानकारी दएको छ । साथै कार्यक्रममा उपस्थितिको लागि समेत आयोजकले अनुरोध गरेको छ ।

यस्तो छ साईप्रस घेदुङको सूचनाः

“ल्हास्सो फ्याफुला जम्मनदन“

मिति २०१६ अक्टोबर २३ मा “तामाङ जातिको उत्थान,भाषा, धर्म र संस्कृती संम्बर्द्वन“ भन्ने मुलनारालाई लिएर स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसको यहि आउँदो अक्टोबर २८ तारिक आइतबारको दिन प्रथम ऐतिहासिक अधिबेशन तथा दिस्रो वार्शिक उत्सव हुन गइ रहेको हुँदा साईप्रसबासी सबै तामाङ ज्योज्यो आले नाना आङाहरु लगाएत सम्पुर्ण घेदुङमा आबद्ध हुनु भएको महानुभाव व्यक्तित्व बिशेषहरुलाई यस अधिबेशनमा उपस्थित हुनु भइ प्रथम ऐतिहासिक अधिबेशन तथा दोस्रो वार्शिक उत्सव सफल पारिदिनु हुन नेपाल तामाङ घेदुङ हार्दिक अनुरोध गर्दछौ।थुजेछे ।

नोटः संस्थामा नयाँ सदस्य लिन चाहानु हुने ज्योज्यो आले नाना आङाहरुले सम्बन्धित व्याक्तिहरुसंग सम्पर्क गर्नु होला ।
नयाँ सदस्य शुल्कः ५ युरो मात्र
पुरानो सदस्यहरूको लागि नविकरण शुल्कः ३ युरो

नयाँ सदस्यको लागि सम्पर्क नम्बर: मीन लामा = 96905393

निरु घिसिङ तामाङ =99183414

लक्ष्मी ब्लोन तामाङ = 99186102

बिशेष थप जानकारिको लागि सम्पर्क नम्बर :

नानू गोम्ज ( सीता तामाङ ) = 96739953

साङमो थोकर( जाङमो तामाङ) = 96114059

सुनिला दोङ तामाङ =96202908