काठमार्डौ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको हस्ताक्षर र नागरिकता किर्ते गरि नेपाल टेलिकमबाट भिआईपी सिमकार्ड निकाल्न खोज्ने एकजना प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखाका सन्जीव दाहाल हुन् ।
मन्त्री मगरको नागरिकता, राहादानी र हस्ताक्षर दुरुपयोग गरी सुन्धारास्थित नेपाल टेलिकमबाट भिआइपी सिम कार्ड झिक्दै गर्दा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । दाहाल पत्रकार भएको समेत खुलेको छ । उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कागजातको प्रतिलिपि सहित सिमकार्ड झिक्दै गर्दा पक्राउ गरेको थियो ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























