काठमाडौं । नेपाली काँग्रेस निकट युवा संगठन नेपाल तरुण दल, काभ्रेका अध्यक्ष तथा गुण्डा नाइके जीतेन्द्र तामाङ उर्फ दावा लामा भारतमा पक्राउमा परेपछि नेपाल तरुण दलले निशर्त रिहाका माग गरेको छ । तरुण दलले आज (शनिबार) एक प्रेस विज्ञप्ति जारी गर्दै गुण्डा नाईके लामाको रिहाको माग गरेको हो ।

दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्किने क्रममा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन् । नेपाल प्रहरीले उनी पक्राउ परेकोबारे बताउन चाहेको छैन ।

उनले अर्का गुण्डा नाइके गणेश लामा समूहबाट छुटेर आफ्नै समूह निर्माण गरेर गुण्डागर्दी गर्दै आएको प्रहरीले बताउँदै आएको छ ।

तरुण दलका कार्यबाहक अध्यक्ष उत्तम चापागाईँले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान ९ बजे इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले सोधपुछ छ भनि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको उल्लेख छ ।

यस्तो छ प्रेस विज्ञप्ति:

गुण्ड नाईके दावा लामा पक्राउमा परेपछि निशर्त रिहा गर्न तरुण दलको माग

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।