काठमाडौं । तामाङ समुदायलाई एकताबद्ध बनाउन तामाङ एकता महाअभियानको घोषणा गर्ने भएको छ ।

आगामी भदौ २३ गतेका दिन तामाङ यूनिटी ग्रुपको आयोजनामा काठमाडौंमा विविध कार्यक्रमका साथ तामाङ एकता महाअभियानको घोषणा हुने नेपाल संयोजक बन्दना तामाङले तेमाल अनलाईनलानलाई बताए ।

‘तामाङ समुदायको विविध विषयक लगाएत, भाषिक, धार्मिक, सांस्कृतिक, मौलिक परम्परा, सामाजिक, आर्थिक, राजनैतिक पाटोमा जागरुकता । तामाङ समुदायको संरक्षण, सम्वद्र्धन र समृद्धि को लागि तामाङ एकता महाभियान,आजको आवश्यक्ता ।’ भन्ने मूल नाराका साथ कार्यक्रम हुन लागेको हो । आयोजकका अनुसार सो दिन तामाङ एकता महाअभियानको शुरुवात भएको कुरा सबैलाई जानकारी गराउने गरि तामाङ एकताको महाअभियानको घोषणा, अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने भएको छ ।

यो महाअभियानमा विभिन्न कामको सिलशिलामा प्रवासमा रहेका नेपालीहरुको विशेष संलाग्नता रहेको छ । ‘सन्सारभर छरिएर रहनुभएको तामाङहरुलाइ एकता गराउने उद्देश्यले यो तामाङ एकता महाअभियान सञ्चालन गर्न लागेका हौं ।’ महाअभियानका साउदी संयोजक राजन बलले भने, ‘पहिला तामाङ समुदालाई एकताबद्ध बनाउने र त्यसपछि राष्ट्रलाई एकताबद्ध बनाउने यसको उद्देश्य हो ।’

प्रवासमै रहेर पनि सिङ्गो तामाङ समुदायको उत्थानको लागि आर्थिक भौतिक तथा नैतिक रुपले सहयोग गर्न र बिश्वभर छरिएर बसेका तमाम तामाङहरुलाइ एउटै छानो मुनि ल्याउन उद्देश्यले यो अभियान सञ्चालन गर्न लागेको बताउँदै बलले विभिन्न देशमा रहेका नेपालीहरुलाई संयोजक र अभियान्ताहरु तोकिएको तेमाल अनलाईनलाई जानकारी दिए ।

यस्तो छ प्रवासका संयोजक र अभियान्ताहरुः

(अष्ट्रेलिया )
१)आरजे योन्जन तामाङ
२) राजाराम बोम्जन

(अमेरिका)
३) सुसन योन्जन तामाङ
४)लोक घिसिङ तामाङ

(जर्मन)
५) बिजय मोक्तान तामाङ
६) सजिना मोक्तान
७) उर्मिला मोक्तान
८) नबिना तामाङ

(स्वीजरल्यान्ड)
९) दावा मोक्तान
१०) लमिनी मोक्तान
११) ढोल्मो तामाङ

(पोर्चुगल)
१२) सुनिता ब्लोन तामाङ

(स्पेन)
१३) अजय लोप्चन तामाङ

(साइप्रस)
१४) साङमो थोकर तामाङ
१५) सुनिला दोङ तामाङ

(हङकङ)
१६) दिलिप तामाङ
१७) भरत लामा तामाङ

(जापान)
१८) मनिता मोक्तान तामाङ
१९) रेशम ग्याम्दन तामाङ
२०) सरोज थिङ तामाङ
२१) संजय तामाङ
२२) पन्चलाल घिसिङ
२३) ज्ञानम रुम्बा तामाङ
२४) सुनिता मोक्तान
२५) सुनिता घिसिङ

(कोरिया)
२६) बुद्धि बहादुर तामाङ
२७) मिलन जिम्बा तामाङ
२८) अभिशेक तामाङ
२९) मेघ प्रसाद वाइबा
३०) प्रेम तामाङ
३१) रहर तामाङ

(लेबनान)
३२) मन्जु मोक्तान

(दक्षिण अफ्रिका)
३३) मन स्याङ्बो तामाङ

(कतार)
३४) आशिष् मोक्तान तामाङ
३५) राजु तामाङ
३६) निकाश घलान तामाङ

(यु.ए.इ.)
३७) अशोक घ्लान तामाङ( याफु ग्याम्छो)
३८) ज्ञान सिङ थोकर
३९) साङ्गे तामाङ
४०) शंख वुध्द लोप्चन
४१)सृया बल तामाङ

(साउदी)
४२) राजन बल तामाङ
४३) बिरमान तामाङ
४४) सुनिल दोङ
४५) बिमल बोम्जन तामाङ

(इराक)
४६) रेश्मा गोले तामाङ
४७) उर्मिला दोङ तामाङ

(कुवेत)
४८) अमृत घिसिङ तामाङ

(मलेसिया)
४९) आशिष बल तामाङ
५०) सरोजकुमार तामाङ
५१) दुप्साङ दोङ तामाङ
५२) भनाइ गोले तामाङ
५३) यामिनी गोले
५४) भिम बहादुर पाख्रीन
५५) निमा घिसिङ तामाङ
५६) गनेश तामाङ
५७) हिरामान तामाङ

(भारत)
५८) धन बहादुर तामाङ
५९) किन्जो तामाङ

(नेपाल)
६०) बन्दना श्रेष्ठ तामाङ
६१) गनेश लो तामाङ
६२) कमल तामाङ
६३) रमेश तामाङ
६४) स्मृति दोङ तामाङ
६५) दिपक तामाङ
६६) प्रचण्ड तामाङ
७०) मधु मोक्तान तामाङ
७१) दिनेश तामाङ
७२) बि नाम्गेल योन्जन

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।