काठमाडौं । नेपाल तामाङ घेदुङले ताम्सालिङ जागरण अभियान सञ्चालन गर्ने भएको छ । नेवाःताम्सालिङ (३ नं.) प्रदेशका १३ जिल्लाका सवै स्थानीय तहमा घेदुङको सांगठानिक संरचना निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको बताइएको छ ।
घेदुङको भदौं ३ गते काठमाडौंमा सम्पन्न संघीय सचिवालयको बैठकले ताम्सालिङ जागरणको ठोस कार्ययोजना तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरी जिम्मा दिइएको थियो । महासचिव मोहितकुमार घिसिङ, भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङ र प्रदेश नं. ३ का अध्यक्ष सोमबले तामाङ रहेको कार्यदलले तीन चरणको जागरण अभियान सञ्चालनको खाका संघीय अध्यक्षलाई बुझाईएको छ ।
जागरण अभियान अन्तर्गत पहिलो चरणमा नेवाःताम्सालिङ (३ नं.) प्रदेशका १३ जिल्लाका सवै स्थानीय तहमा घेदुङको कार्य समिति गठन गर्न भेला तथा अधिवेसन गर्ने, आजिवन सदस्यता वितरण गर्ने रहेका छन् ।
दोश्रो चरणमा साँस्कृतिक जागरणसभा र तेश्रो चरणमा घेदुङको मुल्या–मान्यतामा आधारित बैचारिक र सैद्धान्तिक प्रशिक्षण सञ्चालन गर्ने अभियानको कार्यतालिका रहेको कार्यदलका सदस्य भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले बताए ।
तामाङ जनताको मुख्य बसोबास रहेको भूमिमा संगठन कमजोर भएकाले घेदुङको उद्देश्य प्राप्त हुन सकेको छैन । यस अभियानलाई संगठन निर्माण तथा तामाङ जनताको भाषिक, साँस्कृतिक तथा राजनीतिक अधिकार प्राप्तीको क्षेत्रमा व्यापकता ल्याउन महत्वपूर्ण कदम हुने विश्वास लिएको छ ।
‘सामाजिक मुद्दा सहितको राजनीतिक विचार, राजनीतिक विचार सहितको सामाजिक जागरण’ नारा दिइएको अभियानको उद्घाटन असोज १ गते चितवनमा गरिने बताइएको छ ।
संघीय अध्यक्ष मोहन गोले र महासचिव मोहितकुमार घिसिङको उच्च नेतृत्व रहने अभियानको छुट्टा–छुट्टै ६ वटा टिमले नेतृत्व समाल्ने छ । अभियानको छुट्टा–छुट्टै टिमले तोकिएको जिल्लाहरुमा पुगेर स्थानीय तहमा घेदुङ कार्य समिति गठन गरी प्रतिवेदन पेश गर्ने पर्ने समेतको कार्य योजना रहेको कार्यदल सदस्य थिङले जनाए ।
अभियान टोली, कुन जिल्लामा कस्को जिम्मेवारी तल उल्लेख गरिए बमोजिम रहेको छ:–
‘सामाजिक मुद्दा सहितको राजनीतिक बिचार । राजनीतिक विचार सहितको सामाजिक जागरण ।।’
नेपाल तामाङ घेदुङ
ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान
१. जागरण अन्तर्गतका क्रियाकलापहरु:
- पहिलो चरणः ३ नं. (नेवाःताम्सालिङ) प्रदेशको सबै १३ जिल्लाका सवै स्थानीय तहमा घेदुङको संगठन निर्माण गर्ने ।
- दोस्रो चरणः ३ नं. (नेवाःताम्सालिङ) प्रदेश अन्तर्गतको संगठन बनेको स्थानहरुमा कलाकार, साहित्यकार सहितको टोली पुगेर जागरण सभाहरु सम्पन्नगर्ने ।
- तेस्रो चरणः ल्यापटप, प्रोजेक्टर सहित प्रशिक्षणको कार्यक्रमहरु सञ्चालन गर्ने ।
- यस अन्तर्गत आजिवन सदस्यता विस्तार र आर्थिक कार्यक्रमलाई समेत स्थानीय तहसम्म जोाडिनेछ ।
२. अभियानको उद्देश्यहरु:
- घेदुङको संगठन निर्माण ।
- घेदुङको भातृ संगठन पनि निर्माण गर्ने ।
- सामाजिक, साँस्कृतिक तथा राजनीतिक मुद्दालाई लिएर तामाङ एकतामा जोड ।
- साँस्कृतिक पुनर्जागरण तथा नेवाःताम्सालिङ प्रदेश निर्माणमा जनमत सिर्जना ।
- घेदुङलाई तामाङको सुःख–दुःखको साथी संस्थाको रुपमा विकास गर्ने ।
३. पुष्ट्याईका आधारहरु:
- संगठन निर्माण, भेलातथा प्रशिक्षण कार्यक्रमको उपस्थिति फोटोकपी ।
- अभियानमा संलग्न अभियान कर्मीहरुको विवरण ।
- घेदुङको संघीय कार्यालयले तोकेको फम्र्याटमा कार्य समिति विवरण ।
- कार्यक्रमको फोटो तथा भिडियोहरु ।
४. टिम परिचालक:
- यो अभियानको टिम परिचालकमा घेदुङको अध्यक्ष र महासचिव रहनेछन् ।
- परिचालकहरु आवश्यकता अनुसार अभियान सञ्चालन भएको स्थानमा पनि पुग्नेछन् ।
- परिचालकहरुले संघीय कार्यालयमा बसेर कुन टिम कहाँ पुग्यो ? के कस्तो समस्या प¥यो ? त्यसको समाधान खोज्ने, निरन्तर सूचना प्रवाह गर्ने र टिमलाई आवश्यकता अनुसारको सहयोग पु¥याउनेछ ।
५. पहिलो चरणको लागिअभियानमा संलग्न अभियन्ता तथा तोकिएको जिल्लाहरु:
क) काठमाडौं र ललितपुर जिल्ला संगठन निर्माणको लागि निम्न अभियान कर्मीहरु सहभागी हुनेछन्:
बेली लामा (बरिष्ठ उपाध्यक्ष), सिता गोले (उपाध्यक्ष), रामकृष्ण ब्लोन (सचिव), सञ्चु ब्लोन (सचिब), रामभक्त बोम्जन (सचिवालय सदस्य), प्रेम लो (संस्कृति घेदुङ अध्यक्ष), होमबहादुर तामाङ (खेलकुद विभाग प्रमूख) बेलबहादुर तामाङ (पेशा व्यवसाय विभाग प्रमूख), सूर्यमान तामाङ (संघीय सदस्य), बाबुलाल तामाङ (संघीय सदस्य), निर्मला लामा (संघीय सदस्य) संगिता बोम्जन (प्रदेश सदस्य), सुरेश तामाङ (अध्यक्ष, काठमाडौं) र मानबहादुर योञ्जन (अध्यक्ष, ललितपुर) हुनेछन् ।
यस बाहेकदुवै जिल्लाका घेदुङमा आवद्ध ब्यक्तिहरु समेत यो अभियानका अभियन्ता हुनेछन् ।
ख) दोलखा र रामेछाप जिल्ला संगठन निर्माणको लागिनिम्नअभियानकर्मीहरु सहभागीहुनेछन्:
कुमार घिसिङ (उपाध्यक्ष), कुलन घिसिङ (संगठन विभाग प्रमूख), कुयाङ घिसिङ (पुरातत्विक विभाग प्रमूख), प्रेम मोक्तान (अनुशासन विभाग प्रमूख), पासाङ मोक्तान (अध्यक्ष ताम्बा घेदुङ), सीताराम पाख्रिन (अध्यक्ष, यूवा घेदुङ), सरोज मोहन मोक्तान (संघीय सदस्य), सोनाम ग्याबक (संघीय सदस्य) छेवाङ तेन्जिङ लामा (महाचिव संस्कृति घेदुङ), शान्ती दोङ (प्रदेश कोषाध्यक्ष), रोज मोक्तान (प्रदेश सदस्य) नविन लामा (अध्यक्ष, दोलखा) हुनेछन् ।
यस बाहेक दुवै जिल्लाका घेदुङमा आवद्ध ब्यक्तिहरु समेत यो अभियानका अभियन्ता हुनेछन् ।
ग) नुवाकोट र धादिङ जिल्ला संगठन निर्माणको लागि निम्न अभियान कर्मीहरु सहभागी हुनेछन्:
रमेश तामाङ (उपाध्यक्ष), अक्कल तामाङ (संघीय सदस्य), बिना माम्बा (संघीय सदस्य), सुनिता थोकर (संघीय सदस्य) जयमान वाइबा (संघीय सदस्य), अरुण लामा (प्रदेश सचिव) सोमबहादुर तामाङ (प्रदेश सदस्य), भिमबहादुर तामाङ (प्रदेश सदस्य), राम सिं तामाङ (अध्यक्ष, धादिङ) रहनेछन् ।
यस बाहेक दुवै जिल्लाका घेदुङमा आवद्ध ब्यक्तिहरु समेत यो अभियानका अभियन्ता हुनेछन् ।
घ) रसुवा र सिन्धुपाल्चोक जिल्लामा संगठन निर्माणको लागि निम्न अभियान कर्मीरु सहभागी हुनेछन् :
अमिर मोक्तान (उपाध्यक्ष) लाक्पा ग्याम्छो लामा (बोम्बो घेदुङ), दावा साङबोतामाङ (के.स. रसुवा), रामबहादुर तामाङ (संघीय सदस्य), दावालाक्पातामाङ (प्रदेश सहसचिव), दोर्जे घिसिङ (प्रदेश सदस्य), फुलकाजी स्याङबो (प्रदेश सदस्य), रेशम स्याङबो (अध्यक्ष, सिन्धुपाल्चोक), दावातामाङ (अध्यक्ष, रसुवा) रहनेछन् ।
यस बाहेक दुवै जिल्लाका घेदुङमा आवद्ध ब्यक्तिहरु समेत यो अभियानका अभियन्ता हुनेछन् ।
ङ) मकवानपुर र चितवन जिल्लामा संगठन निर्माणको लागि निम्न अभियान कर्मीहरु सहभागी हुनेछन्:
पालसाङ बज्र लामा (सचिव), इमान सिंहतामाङ (बुद्धिजीवि विभाग प्रमख), सोमबले तामाङ (प्रदेश अध्यक्ष), सुनिल मोक्तान (संघीय सदस्य), गोमान सिंह तामाङ (संघीय सदस्य), जानकी तामाङ (संघीय सदस्य), निषा थिङ (संघीय सदस्य), शम्सेर तामाङ (प्रदेश अध्यक्ष), प्रेमकुमारी तामाङ (प्रदेश सदस्य), ठूलीमाया मोक्तान (प्रदेश सदस्य), लिला घलान (अध्यक्ष, मकवानपुर), गोपीराज ग्लान (अध्यक्ष, चितवन) रहनेछन् ।
यस बाहेकदुवै जिल्लाका घेदुङमा आवद्ध ब्यक्तिहरु समेत यो अभियानकाअभियन्ताहुनेछन् ।
च) भक्तपुर, काभ्रे र सिन्धुली जिल्लामा संगठन निर्माणको लागि निम्न अभियान कर्मीहरु सहभागी हुनेछन्:
रुप योञ्जन (कोषाध्यक्ष), मिना पाख्रिन (सह–कोषाध्यक्ष), काजीमान थिङ (भाषा विभाग प्रमूख), मिना लामा (प्रकाशन विभाग प्रमूख), जगत दोङ (सञ्चार विभाग प्रमूख), टासी लामा (विदेश विभाग प्रमूख), हर्क तामाङ (अध्यक्ष, विद्यार्थी घेदुङ), डिलबहादुर थोकर (संघीय सदस्य), हिरालाल तामाङ (संघीय सदस्य), पासाङ डोल्मा तामाङ (संघीय सदस्य) भरत लोप्चन (संघीय सदस्य), सुमित्रा बल (संघीय सदस्य), जितबहादुर तामाङ (प्रदेश उपाध्यक्ष), हरिचन्द्र लामा (प्रदेश सदस्य), जमुना तामाङ (प्रदेश सदस्य), अनिषा थिङ (प्रदेश सदस्य), सुरेश वाइबा (प्रदेश सदस्य), गम्भीर सिंह मोक्तान (अध्यक्ष, सिन्धुली), फुर्साङ तामाङ (अध्यक्ष काभ्रे), कान्छामान तामाङ (अध्यक्ष भक्तपुर) रहनेछन् ।
यस बाहेक दुवै जिल्लाका घेदुङमा आवद्ध ब्यक्तिहरु समेत यो अभियानका अभियन्ता हुनेछन् ।
६. विविध:
- अभियान कर्मीहरुले प्रत्येक स्थानमा पुगेको उपस्थिति उठाउनु पर्नेछ ।
- अभियानमा संलग्न हुन नसक्नेले आर्थिक स्रोतको ब्यवस्थापन पनिगर्न सक्नेछ ।
ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियानतयारी कार्यदल
मोहितकुमार घिसिङ (महासचिव)
काजीमान थिङ (भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख)
सोमबले तामाङ (प्रदेश नं. ३ अध्यक्ष)























