नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ
काभ्रे । सिन्धुपाल्चोक हेलम्बु गा.पा ४ बस्ने बर्ष ४७ को बिष्णु कटुवाल लाई अपहरण गर्ने ८ जना आज (विहिबार) साँझ ५ बजे प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सल्लाघारीबाट अपरिचित ब्यक्तीहरुले निलो रंगको ट्याक्सीमा राखि जबरजस्ती नालाको बाटो हुदै काभ्रे तर्फ ल्याउँदै गरेको उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
बनेपा इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक सुनिल जंग शाह र पनौति प्रहरी चौकीको प्र.ना.नि शिबहरी कार्किको टोलीले धुलिखेल न.पा ५ चौकोटबाट पक्राउ गरेको प्रहरी निरिक्षक शाहले जानकारी दिए । उनीहरुलाई बा.५.च ८७३५ नं को प्राईभेट कार, बा.७८.प ५०५ नं को मो.सा र बा.३४.प ५०० नं स्कुटी सहित पक्राउ गरेको शाहले तेमाल अनलाइनलाई बताए ।
पक्राउ पर्नेहरुमा बनेपा न.पा १ बस्ने बर्ष २३ को दिपक भुजेल, नमोबुद्द न.पा १० बस्ने बर्ष ४० को राजन घिरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने बर्ष २६ को कृष्णहरी अधिकारी, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा ५ घर भई सुर्यबिनायक बस्ने बर्ष २९ को रामेश्वर सिलवाल, जिल्ला मकवानपुर पालुङ ७ बस्ने बर्ष ४२ नकुल कार्की (गाडी चालक ), जिल्ला रामेछाप खाडादेबी गा.पा १ बस्ने बर्ष ३५ को टेक ब.बि.क, काठमाडौं महनगरपालिका २८ बस्ने बर्ष ४२ को धननारायण तण्डुकार, जिल्ला सि.पा सुनकोशी गा.पा ५ घर भई हाल मकवानपुर बस्ने बर्ष २८ को रन्जन सिलवाल रहेका छन् ।
पक्राउमा परेका व्यक्तिहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि महानगरिय प्रहरी परिसर भक्तपुरमा पठाउने तयारी भईरहेको प्रहरी निरिक्षक शाहले तेमाल अनलाईनलाई जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।