लेखक
  • कुमार लामा मोक्तान

वि.सं. २०७५ साल माघ २२ गतेको कुरा हो बिहान करिब ११ बजेतिर त्यो टोपी (तामाङ मौलिक तागि) ले कुनै मानिसको टाउको खोज्दै थियो । त्यतिकैमा संयोगवस कुनै ब्यक्तिगत काम विशेषले काठमाडौमै रहेको मलाई त्यस टोपिले फेला पार्यो र त्यहि ११ बजे देखि सो टोपि मेरो स्वमित्वमा रह्यो ।

काठमाडौ जिल्लाको टुडिखेलमा तामाङ समुदायले मान्ने २८५५ औ फाग बिशाल ल्होछार तथा तामाङ साँस्कृतिक उत्सव चलिरहेको रहेछ। उस्तै तामाङ टोपि सहित हजारौ नेपाली तामाङहरु कार्यक्रम स्थल भर्दै गर्द म पनि मेरो टोपीीलाई शिरमाथि राखेर जम्मा भएको हजारौ मानिसहरु माझ मेरो टोपिलाई देख्ने र देखाउने अवसरका साथ त्यहा उपस्थित भयो ।

विविध तामाङ रिमठिम, सँस्कृति र सभ्यता झल्किने प्रस्तुतिका साथ मुलुकको जिम्मेवार एवम् राष्ट्रका सम्मानित ओहोदा हसिल गरेका वक्तित्वहरुको आसन र मन्तब्य । लगभग दिनभर जस्तो टुडिखेल कार्यक्रम स्थल र आसपासका सुन्धारा बजार गल्लिहरुमा बसि दिन बिताएको हामिहरुको टोलि बेलुका भएपछि बास स्थान फर्कन तयारि भयौं । त्यसका लागि टुडिखेलको उत कुनमा पार्किङ गरि राखिएको मोटर सइकल भएको ठाउँमा हामि पुग्दा नसोचेको दृष्य हामिले देख्नु पर्यो ।

त्यो घटना थियो Arun Moktan जिको अघि त्यहि बाइकमा राखिएको हेलमेट नै छैन । अनि अार्को कुनमा राखिएको मेरो हेलमेटको पनि याद आयो र हतारहतार गएर हेरेको धन्न मेरो हेलमेटलाई चाहि दशाले छोडेछ । बाईकसंगै रहेछ । बेलुकाको समय चिसो काठमाडौबाट भक्तपुर बास बस्न जानु पर्ने हामिको हेलमेट बिना त्यो हाईवाइमा मौसम र ट्राफिक नियम दुबैले दिदैनथ्यो यात्रा गर्न । सबै हेलमेट पसल प्राय बन्दा भएकोले अरु किन्ने अवस्था थिएन ।

यतिकैमा एउटा जुक्ति निकालिएछ कि अब मेरो टोपि तामाङ तागि Arun ले टाउकोमा लगाएर जाने ,भक्तपुर । टाउको चिसो पनि नलाग्ने र ट्राफिकले समायो भने माथि उल्लेखित सबै घटना सुनाउने र ल्होछार कार्यक्रमबाट आएको भनि प्रमाण पनि देखिने भो । हामिहरु त्यसरि नै आयौं । धन्न ट्राफिक पुलिसले समाएन । म अलि आगडि पुग्यो र टोपी लिएर जान भनि सुर्यविनायक रोकिदै गर्दा टोपिलाई हेलमेट बनाएको टोलि पनि आइपुग्यो र मैले मेरो टोपि माग्दै टाउकोमा हेर्दा खेरि अघि बाइकमा हेलमेट नभएझै उहाँको टाउकोमा टोपी पनि छैन ।

खोई मेरो टोपि ? मैले सोधेको । ‘ठिमि चोकमा आउनै लाग्दा पछाडिबाट हाई स्पिडमा ओबरटेक गरेका दुई ओटा टिफ्फरको हावाले टोपि उडाईदियो, रातिको समय आध्यारो पनि थियो, हाईवाइमा बाइक रोके पछडिवाट अरु गाडिले हानिन्छ भन्ने डर अनि टोपि र बाइकको दुरि पनि धेरै फरक भयो र हामिले त टोपि (तामाङ मौलिक तागि) उतै सडकमै छाड्यौ ।’ भनि उहाँले भन्नुभयो । टोपिको आयु आर्थत टोपीमाथि मेरो कायम रहेको स्वामित्व करिब नौ घण्टामा सकियो । मेरो टाउकोमा भएको यो टोपी अब सम्झानामा सिमित रह्यो भने मेरो पुर्खाले लगाईदै आएको हाम्रो तामाङ टोपिलाई कहिल्यै कसैले एउटा हराएपनि सम्झिनु पर्छ किन्नु पर्छ । पुन ल्होछारको यहाहरुलाई शुभकामना ।

कुनै युगका शासण कालमा शाषकहरुद्वारा हराइएको‌ हाम्राो तामाङ टोपि अब हामिले हराउनु हुन्न । जसरि तामाङ तागिको गोलाकार सिदा माथि उठेको हुन्छ त्यसरि नै यसले हाम्रो सभ्यतालाई विश्व मानचित्रमा टोपि जस्तै अग्लो बनाउदा छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला