मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, ५ अक्टोबर २०२५ नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको नियमित दोस्रो बैठक मलेसियाको क्वालालम्पुर स्थित एभरेष्ट किचेन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। बैठकमा महासंघका पदाधिकारी , कार्यसमिति सदस्यहरू तथा सल्लाहकार हरूको उपस्थिति रहेको थियो।
बैठकले हालै नेपालमा आएको भीषण वर्षा पछि आएको बाढी र पहिरोका कारण ज्यान तथा धनको क्षति व्यहोरेका पीडितहरूलाई राहत सामग्री संकलन तथा वितरण गर्ने महत्वपूर्ण निर्णय गरेको छ। महासंघले आगामी दिनहरूमा सबै संघ–संस्थासँग सहकार्य गर्दै राहत अभियानलाई प्रभावकारी बनाउने अध्यक्ष पदम राज लिम्बूले जनाए।
बैठकले विपद् प्रभावितहरूलाई शीघ्र सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुका साथै प्रवासी नेपाली समुदायबीच एकता र सहकार्यलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ।यस अवसरमा उपस्थित सहभागीहरू बीच नेपाली महान चाड विजयादशमी शुभ दिपावली,छठ पर्व साथै नेपाल संवत् ११६४को शुभकामना आदान–प्रदान गरिएको थियो। साथै, महासंघमा नवप्रवेशी सदस्यहरूलाई औपचारिक रूपमा सदस्यता प्रदान गरिएको छ।