बनेपा– प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेद्वारा आयोजित काव्यगोष्ठीमा ‘काभ्रेली आवाज’ र कवि मुरहरी रायमाझी ‘हरि’को ‘गाउँ बिरानो भयो’ कवितासंग्रह संयुक्त रूपमा सार्वजनिक गरिएको छ।
कार्यक्रमको सभापतित्व प्रलेस काभ्रे अध्यक्ष रक्तिम लामाले गर्नुभयो भने सञ्चालन दिनेशराज खरेलले गर्नुभयो। प्रमुख अतिथि डा. जिवेन्द्रदेव गिरि, विशिष्ट अतिथि डा. बिद्यानाथ कोइराला, तथा साहित्यकार हरिमन्जुश्री, दिल पौडेल, युवराज नास्तिकलगायतको उपस्थिति थियो।
कार्यक्रममा कवि नवराज उत्साही, मुरहरी रायमाझी, दिल पौडेल, केशव घिमिरे र डा. जिवेन्द्रदेव गिरिलाई “स्रष्टा विशेष सम्मान” प्रदान गरिएको थियो। गोष्ठीमा नवराज उत्साही, मुरहरी रायमाझी, दिल पौडेल, युवराज नास्तिक र अन्य कविहरूले कविता वाचन गरेका थिए।
प्रमुख अतिथि डा. गिरिले ‘काभ्रेली आवाज’*मा समसामयिक चेतना झल्किएको बताउनुभयो भने डा. कोइरालाले ‘गाउँ बिरानो भयो’*मा जीवन यथार्थको सशक्त चित्रण रहेको टिप्पणी गर्नुभयो।
समापनमा अध्यक्ष रक्तिम लामाले नयाँ पुस्ताको साहित्यिक चेतनाबारे प्रकाश पार्दै कार्यक्रम समापन गर्नुभयो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।