मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, मलेसिया — वैदेशिक रोजगारका क्रममा मलेसियामा रहेका नेपाली युवाहरुले गठन गरेको हिमालयन एफसी मलेसिया परिवारले मलेसियाको केएल स्थित Invito Hotel & residenceमा हिजो अर्थात २, अक्टोबर २०२५का दिन, मा दशैं २०८२ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको सम्पन्न गरेको छ।
कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष कार्की द्वारा सबै सदस्यहरूलाई टीका जमरा लगाएर, मिठो खानपानका साथ एक–आपसमा भेटघाट गर्दै दशैंको शुभकामना साटासाट गरिएको थियो। उनीहरूले यस पर्वले सबैमा एकता, खुशी, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्। हिमालयन एफसीका सदस्यहरूले भने, “देशभन्दा टाढा भए पनि नेपाली चाडपर्वले हामीलाई घरको झल्को दिन्छ। यहाँ रहेका साथीभाइसँग परिवारझैँ रमाइलो गरेर दशैं मनाउँदा आत्मीयता बढ्छ।”
कार्यक्रममा फुटबल खेलाडी, क्लब सदस्य, र अन्य नेपाली समुदायको उपस्थिति रहेको थियो।