मिलन दोङ तामाङ ✍️

क्वालालम्पुर – मलेसिया सरकारले अक्टोबर महिनादेखि सबै वैधानिक विदेशी श्रमिकहरूका लागि अनिवार्य रूपमा कर्मचारी भविष्य निधि कोष (KWSP / EPF) मा रकम जम्मा गर्ने नयाँ नियम लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार, विदेशी कामदारको मासिक तलबबाट २% र रोजगारीदाताबाट २% गरी जम्मा ४% रकम कटौती गरी EPF खातामा जम्मा गर्नुपर्नेछ।

 

सरकारको भनाइअनुसार, कम्पनीहरूले अबदेखि आफ्ना श्रमिकहरूको EPF खाता अनलाइनमार्फत खोल्न सक्नेछन्। श्रमिकहरूले आफ्नो खाताको ID र पासवर्ड माग गरी सजिलै पहुँच पाउन सक्नेछन्।

यसअघि धेरै कम्पनीहरूले कामदारको नाममा EPF खाता नखोली २% कटौती रकम तलबबाट राख्ने जस्ता समस्या देखिएका थिए। अबदेखि यस्तो नगर्न सरकारको कडा निर्देशन छ।

यसले विदेशी श्रमिकहरूको सामाजिक सुरक्षामा सुधार ल्याउने विश्वास गरिएको छ। काम छाडेपछि वा फर्कने बेलामा श्रमिकहरूले उक्त रकम फिर्ता लिन सक्नेछन्।

#sorce:bernama

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।