भक्तपुर । निकै लामो समयपछि तामाङ कथानक चलचित्र भक्तपुर बाराही हलमा प्रदर्शन हुने भएको छ ।
यस चलचित्र विभिन्न देश र विदेशमा प्रदर्शन गरि सकेका चलचित्र असार २१ गते शनिबार साँझ ४ बजे प्रदर्शन गर्न लागेको कथाकार तथा नायक ऋतुराज पाख्रिनले जानकारी दिएका छन् ।
तामाङ चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रच्न सफल भएको थियो ।
राजकुमार मोक्तानको निर्देशनमा निर्माण भएको चलचित्रमा कथाकार ऋतुराज पाख्रिनको कथा, पटकथा रहेको छ । रोशन फ्युबा तामाङको कोरियोग्राफी रहेको चलचित्रलाई राजकुमार मोक्तान र सिदार्थ मोक्तानले निर्माण गरेका हुन् । चलचित्रका गीतहरु जीवन बोम्जन र राजकुमार मोक्तानले लेखेका हुन् । गीतमा आर.बी. लामा सिङ्दान र राजकुमार मोक्तानको संगीत रहेको छ भने अमृत लामा, जितु लोप्चन र आर.बी. लामा सिङ्दानले गीतमा आवाज दिएका छन् ।
अभिनेत्री चाँदनी मोक्तान, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, विकास स्याङ्तान, उर्मिला वाईबा, श्यामलाल योञ्जन, बैरागी मोक्तान, मुस्कान तामाङ, योगेश मोक्तान, किरण तामाङ, गोपीराम तामाङ र निमादावा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
























