भक्तपुर । तामाङ फापारे गायकको नाममा परिचित गीतकार एवम् सेलो गायक फुलकुमार बम्जन र गायिका रञ्जना मोक्तानको “सिङकुन केर्वारी ङ खमा तामाङ माैलिक गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।
सेलो गीतका चर्चित गीतकार तथा गायक फूल कुमार बम्जनको थुप्रै गीतहरु चर्चामा रहेको छ।पछिल्लो समयमा मौलिक गीतलाई जगेर्ना गर्दै आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउने क्रममा गायिका रञ्जना मोक्तान संग जोडी जमेेेको छन् ।
ङेमा थाङपालका शब्द र संगीत रहेको गीतमा गीतकार तथा गायक फूल कुमार बम्जान र रञ्जना मोक्तानका स्वर रहेको छन् ।
निर्देशन र छायांकन केशव अधिकारीको रहेको भिडियोमा फूलकुमार बम्जन र रञ्जना मोक्तान ,मिलन थिङ (पाराङ) काैसली तामाङ ,साङ्गे ब्लोन र रेनुका गोलेले अभिनय गरेका छन् ।
यस गीतका भिडियोमा धार्मिक दृष्टिकोणले अत्ति नै महत्त्वपूर्ण स्वयम्भूको बुद्धपार्क लगायतका ठाउँहरुका दृश्य अवलोकन गर्न सकिन्छ ।
भिडियो डम्फू मिडिया हाउस प्रा लि बाट बजारमा ल्याएको हुन् ।
भिडियो हेर्नुस् ।
























