काभ्रे । जिल्ला मै पलिलो पटक ‘काभ्रे फेस्ट फेशन सो तथा म्युजिकल इभेन्ट हुने भएको छ । यो इभेन्टको आयोजना एस ल्याण्ड एण्ड मोडेल एजेन्सीले गर्न लागको हो ।
इभेन्टको आगामी श्रावण ११ गते अडिसन बनेपा पार्टी भेन्युमा हुने आयोजनकले जनाएको छ । हिन्दु महिलाहरुको महान चाड तीजको अवसरमा यो कार्यक्रम गर्न लागेको हो ।
फेशन शोमा बिबाहित, अबिबाहित, महिला पुरुष सबैले भाग लिन पाउने छ । अडिसनमा छनौट भाईसेकेकाले कुनै पनि शुल्क नलाग्ने आयोजक एजेन्सीका प्रबन्ध निर्देशक नितेन कायस्थले तेमाल अनलाईनलाई जानकारी दिए । यस अघि यस संस्थाले काठमाडौँ, जनकपुर, बर्दिबास, मिर्चैया र लहानमा यस्तो कार्यक्रम गरिसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























