काठमाडौं । तामाङ साहित्यिक संस्था तामाङ डाजाङको १८७ साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ) सम्पन्न भएको छ ।
तामाङ भाषा र साहित्यको संरक्षण र प्रवद्र्धनसंगै विकास गर्ने उदेश्यले आज (शनिबार) काठमाडौ स्थित आर. आर. क्याम्पसमा साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ) सम्पन्न भएको हो ।
कार्यक्रममा फुलकुमार बम्जन, हिरामाया घिसिङ, विगेन्द्रसिं वाइबा, कविराज काल्तान, प्रयत्न वाइबा, इकमान लामा, ढुप्साङ लामा, राजु मोक्तान, मानध्वज बम्जन, सन्तोष तामाङ ‘बोन्पो’ रचना मोक्तानलगायतले तामाङ भाषामा कविता, गजल, गीत प्रस्तुत् गरेका थिए भने सन्जीब योन्जन र सजन मोक्तानले तामाङ मौलिक डम्फु र फापारे गीत प्रस्तुत गरेका थिए ।
साथै तामाङ डाजाङले गएको जेठ २७ र २८ गते काभ्रेको रोशी गाउँपालिकामा आयोजना गरिएको दुइदिने तामाङ साहित्य यात्रा–२०७६ को बृत्तचित्र समेत प्रर्दशन गरेका थिए ।
विगत १८ वर्षदेखि गर्दै आएको साहित्यिक कार्यक्रमको डाजाङकी अध्यक्ष सन्चु ब्लोनको अध्यक्षता तथा उपाध्यक्ष फुलकुमार बम्जनको संयोजनमा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।