काठमाडौ । प्रदेश न. ३ को माननीय संसद तथा प्रदेश सभाका उप-सभामुख राधिका तामाङको प्रमुख आतिथ्य र समुदायका विभिन्न प्रतिष्ठित ब्यक्तित्वहरुको विशेष उपस्तिथिमा आउने साउन ३२ गते शानिबारका दिन राष्ट्रिय नाचघर जमलमा तामाङ कथानक चलचित्र “टुहुरोला ल्हुइ” ( टुहुरोको जिन्दगी ) विशेष च्यारिटी शो गर्दै जगत स्मृति प्रतिस्ठानद्वारा गोदावरीमा अवस्थित ” (खुशिको घर) नामक अनाथ बाल बालिकाहरुलाई
सँस्थाको अध्यक्ष पदम बहादुर तामाङले फलफूल तथा फिल्म च्यारिटी शो बाट उठेको रकम उक्त कार्यक्रम्मै हस्तान्तरण गरिने कार्यक्रम तय गरिएको छ।
रोशी गाउँपालिका ६ कालिन्चोक काभ्रेमा रहेको उक्त प्रतिस्ठान अध्यक्ष पदम बहादुर तामाङको बुवाको स्मृतिमा स्थापना गरेको सेवामुलाक सामाजिक सँस्था हो।
बल्खु कुलेश्वर स्थित फलफूलको व्यवसायि अध्यक्ष पदम बहादुर तामाङ कामको शिलशिलामा गोदावरी आश्रम परिसर पुग्दा त्यहाँको अवस्था प्रत्यक्ष नाजुक देखेपछि उहाँले केही राहत सहयोग गर्नुपर्ने महसुस गर्नुभएको थियो। (खुशिको घर) गोदावरीले आश्रममा अनाथ बाल बालिकाहरुलाई बस्ने ब्यबस्थापन गरे पनि खाना पानीको सुबिधा उपलब्ध गराउन आर्थिक हिसाबले मुस्किल हुने अवस्थालाई कम होस भन्ने भावनाअनुरूप यो कार्यक्रमको आयोजना गरिने प्रतिस्ठानका अध्यक्ष तामाङले जनाकारी दिनुभएको छ। 
बिनय दोङ तामाङद्वरा निर्देशित “टुहुरोला ल्हुइ” यस अघि पनि राष्ट्रिय नाचघर जमलमा बिकट गाउँमा खानेपानीको लागि सहयोगार्थ चलचित्र प्रदर्शन गरेको थियो। २०७२ सालको महाभुकम्पले अबिभावक गुमाएर अनाथ टुहोरो भएको बच्चाको जीवन संघर्ष कथामा आधारित यो चलचित्रले अनाथ बाल बालिकाको लागि जीवन संघर्ष र आइपर्ने चुनौती समाधानको लागि प्रेरणा मिल्ने र फिल्मबाट केही सिक्ने निर्देशक दोङले बताउनु भएको छ। 
कार्यक्रम साउन ३२ गते शनिबारका दिन राष्ट्रिय नाचघर जमलमा दिनको १२ बजे तामाङ कथानक चलचित्र “टुहुराला ल्हुइ” च्यारिटी शो, अनाथ बाल बालिकाहरुलाई फलफूल तथा राहत बितरणसहित भब्य हुनेछ भने उक्त दिन उपस्थितिको लागि प्रतिस्ठानले सम्पुर्ण आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गरेको छ।
























