तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । नेपाल बौद्ध परिवार (नेपाल बुद्धिज़्म) दक्षिण कोरियाको आयोजना र दोसंसा गुम्बाको प्रयोजनमा अगस्त ४ तरीखका दिन दक्षिण कोरियाको층남 안면도 안면암 मा भ्रमणको आयोजना गर्ने भएको हो ।
कोरियाको सुन्दर रमणीय ठाउँ 층남 안면도 안면암 मा हुने वार्षिक भ्रमण कार्यक्रम बिगत वर्ष झै यस पटक पनि हुन गइरहेको छ ।
कोरियाको पुरानो गुम्बा र दक्षिण कोरियाको छैठौ ठूलो मनमोहक समुन्द्रको दृश्य साथै उक्त दिन भगवान शाक्य मुनि बुध्दले पहिलो धर्म द्वेषणा चतुर आर्यसत्य प्रवचन गर्नु भएको पावन तिथि परेको नेपाल बौद्ध परिवार दक्षिण कोरियाका अध्यक्ष पेम्बा दोङ्बा ह्योल्मोले जानकारी दिए । यस पावन तिथिमा तिर्थ यात्रा तथा धर्म गर्नु पाउनु अतिनै लाभदायिक र मनोकांक्षा प्राप्ति र दीर्घायु हुने भएकोले इच्छुक श्रदालु नेपाली दाजुभाइ-दिदीबहिनीहरुले आफ्नो नाम दर्ता गरि समयमा सीट सुरक्षित गर्न अनुरोध समेत गरेको छ ।
भ्रमण मिति :- २०१९ अगस्ट ४ तारीख आइतबार
बस चढ्ने स्थान :- दोङ्देमून गेट नं २
समय :- बिहान ठीक ८ बजे
सम्पर्क:-
पेम्बा दोङ्बा ह्योल्मोः 010-5633-7207
लामा कुन्साङ् दोर्जेः 010-8534-7919
प्रीतम गुरुङः 010-7459-2969
याङ्जी शेर्पाः 010-2250-8148
























