भक्तपुर । हाल निकै व्यस्त मोडल निराञ्जली लामाले निरज लामाखोर संग गर्न खोजिएको बिबाहको निम्तो सुपारीलाई अस्वीकार गरिएकी छिन् ।
घर परिवारले विहेको मिति तोकिए त पनि निराञ्जली भने बिहे गर्न मानिरहेकि छैन ।
यो भने छिङ्गै सुपारी भन्ने म्युजिक भिडियोमा देखिने काल्पनिक दृश्यका अभिनय मात्र हुन् ।यो कुनै सत्यता भने होइन ।

कृष्ण ब्लोनको निर्देशनमा बनेको ‘छिङ्गै सुपारी’बोलको गीतका म्युजिक भिडियो जोरपाटीमा एक कार्यक्रमको अायोजना गरि सार्वजनिक गरिएको हो।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष सञ्जीव वाइवाको प्रमुख अतिथ्यातामा
सार्वजनिक भिडियोमा गायिका चर्चित गायिका जितु लोप्चन गायक मदन घ्लानको सुमधुर स्वरमा रहेको छ भने गीतलाई सानुबाबु घिसिङले संगीत भरेका हुन् भने सुर्य लामाको छायांकन र कलरिङ रहेको भिडियो सम्पादन तथा कोरियोगाफ्री र निर्देशक कृष्ण ब्लोनकै रहेको छ ।
भिडियो हेर्नुस् ।

https://youtu.be/XaHQP7_kVGg

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।