तेमाल अनलाईन संवाददाता,
दक्षिण कोरिया । नव उदयमान सेलो गायक ज्ञान लामाको “साईली बोर्से वा माईली” तामाङ गीतको म्युजिक भिडियो युट्यूबमा शुक्रबार सार्वजनिक भएको छ ।
गायक ज्ञान लामा कोरियामा रोजगारी गर्दै सेलो गीत संगीत ब्यस्त गायक हुन् । काम गरेर बचेको समयलाइ गायक लामाले गीत संगीतमा खर्च गरिरहेको छ । गायक ज्ञान लामाको “नुवाकोटे मैच्याङ” पहिलो गीत हो । आफूले स्वर दिएको “साईली बोर्से वा माईली”गीत दोस्रो गीत हो ।
यस म्युजिक भिडियोमा अनिता गोले र अभि लामाको अभिनय रहेको छ । भिडियो सूर्य लामाले छायाङ्कन गरेका हुन् ।
गीतमा कल्पना वाइबाको शब्द, युनिक दोङको संगीत छभने गायक ज्ञान लामा र गायिका निर्मला घिसिङले स्वरमा साथ दिएकी छन् । गीतमा नोर्बु शेर्पाको एरेन्ज सरगम रेकार्डिङ स्टुडियोमा रेकार्डमा भएको गीतको भिडियो Jigme Media युट्यूबमा च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतको भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोलाः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























