तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले बृहत वनभोज तथा परिचयात्मक कार्यक्रम अगामी अगष्टको २४ र २५ तरिखमा गर्ने भएको छ ।

कोरियामा रहेको सबैजना संगै मनोरञ्जन लिदै सुःख दुःखको कुरा गर्ने अवसरको रूपमा कार्यक्रम आयोजना गर्न गइरहेको काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सानु लामाले जानकारी दिए ।

कार्यक्रम मनोरञ्जनको साथै कामको थकानलाइ मेटाउदै कार्यक्रमलाइ सफल पार्नका लागि कोरियावासी नेपालीहरूलाइ उपस्थिति भइदिन काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनले अनुरोध गरेका छन् ।

कार्यक्रम छेबुदो समुन्द्रिक टापुमा हुनेछ । यो दक्षिण कोरियाको पश्चिमी तटमा रहेको सियोलको दक्षिण पश्चिमको एक सानो टापु हो । यहाँ दिनहुँ दिनको दुइ पटक यो टापुमा जाने सडक सामुन्द्रिक छालले केही समयको लागि बन्द हुनेभएकोले यसलाइ मोसाको चमत्कार (모사의 기적) पनि भनिने कार्यक्रमको संयोजक तथा काभ्रे सम्पर्क समितिका उपाध्यक्ष सन्जय खत्रीले जानकारी दिए ।

काेरिया छेबुदो टापु परिवेश
काेरिया छेबुदो टापु परिवेश
काेरिया छेबुदो टापु परिवेश
काेरिया छेबुदो टापु परिवेश
काेरिया छेबुदो टापु परिवेश
काेरिया छेबुदो टापु परिवेश

सांस्कृतिक कार्यक्रमको साथमा विविध खेलहरू पनि खेलिने कार्यक्रममा सहभागिताका लागि पुरूषले ८० हजार वोन् र महिलाले ७० हजार वोन् शुल्क बुझाइ सहभागि हुन सकिने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।