बनेपा । नेपाली लोकदोहोरी क्षेत्रमा फेरि एउटा म्युजिक भिडियो थपिएको छ । नेपाली काठे लोक दोहोरीकार रुपमा हालै ‘मच्चाउनलाई धुम’ गितको म्युजिक भिडियो युटयुप च्यानल मार्फत सार्वजनिक भएको हो ।
लोक गायक बिक्रम गौतम र चर्चित गायिका मेलिना राईको आवाजमा रहेको उक्त गीतमा टिकाराम श्रेस्ठ र बुद्धिमान मोक्तानको शब्द तथा बिष्णु तामाङको एरेन्ज रहेको छ । संगीत भने बिक्रम गौतम कै रहेको छ ।
उक्त भिडियो गीत सागर गौतमको छायाँकन, पदम सुबेदीको सम्पादन तथा खमेश श्रेस्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा टिकाराम श्रेस्ठ, आयुषमा कार्की, दिलमाया श्रेस्ठ, शंकर श्रेस्ठ र भगवान खत्रीले अभिनय गरेका छन् ।
भिडियाे हेर्नुहाेस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























