भक्तपुर । विगत दुई वर्ष देखि आफ्नो दुवै मृगौला फेल भई उपचारमा रहँदै आउनु भएकी उर्मिला बचाउ अभियानको तयारी पुरा भएको छ ।
छोर्वाला काई रेडियो गेताङको ११ औ प्रयास रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा ७, निवासी विगत २ वर्ष देखि दुबै मृगौला फेल भएको वर्ष ३५ की उर्मिला तामाङ बचाउ अभियान सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम २०७६ को तयारी पुरा भएको अभियन्ता सुदिन लामाले जानकारी दिनु भयो ।
अभियन्ता लामाका अनुसार श्रावण १८ गते शनिवार हुने बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको हो ।
कार्यक्रममा दुई दर्जन भन्दा बढि कलाकारहरुले आफ्नो प्रस्तुती गर्नु हुने छ ।
लामो समय देखि उपचार खर्चको अभावका कारण पिडामा रहनु भएकी उर्मिलाको नयाँ जीवनका लागि सवैमा सहयोगको आग्रह गर्दै उहाँले सवैलाई कार्यक्रममा उपस्थितीको लागि आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रम सूर्यविनायक स्थित शुभकामना पार्टी प्यालेस मा विहान ११ बजेदेखि हुने समेत उहाँले जानकारी दिनुभयो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।