काभ्रे । हाँस्य टेलिचलचित्रको इतिहासमा अब ‘झ्याउँकिरी’ नामक हाँस्य चलचित्र थपिने भएको छ । यो चलचित्र आगामी श्रावण २५ गतेदेखि प्राइम टाईम्स टेलिभिजनमा बेलुकी ६ः३० बजेदेखि ७ बजेसम्म प्रसारण हुन लागेको हो ।
यो टेलिचलचित्रको निर्देशन ईश्वर तिमल्सिनाले गर्न लागेको निर्माता राज त्रिपाठीले जानकारी दिए । त्रिपाठीका अनुसार प्राइम टाइम्स टेलिभिजनमा प्रसारण भएलगत्तै यूट्युब च्यानलमा समेत यो चलचित्र हेर्न सकिने छ ।
यो टेलिसिरियल सामाजिक विकृति, विसंगति, छुवाछुत विरुद्ध र आपसी जातिय सद्भाव बढाउने किसिमको रहेको कलाकार एवं सल्लाहकार(निर्माता) राजेन्द्र गिरि(गुन्द्रुके )ले बताए ।
झ्याउँकिरी कराएकै चर्चा परिचर्चा हुने गरी बनाएको यस टेलिश्रृङ्खलामा निर्देशक ईश्वर तिमल्सिना, निर्माता राज त्रिपाठी, रामचन्द्र अधिकारी(काजी बा ), राजेन्द्र गिरि(गुन्द्रुके ), अरुण दाहाल, निरोज पाण्डे लगायतको मुख्य भुमिका रहेको छ, भने राज घिमिरे, दिपक राउत, प्रदिप तिमल्सिना, निराजन तिमल्सिना, बालकृष्ण बजगाई, रुपा मैनाली, श्रद्धा अधिकारी, ललिता घिमिरे, पार्वती रिजाल, सुशीला तिमल्सिना, राजेश्वरी रञ्जित लगायतले अभिनय गरेका छन । यस टेलिश्रृङ्खलाको छायाङ्कन निरोज पाण्डेले गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























