तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । रामेछाप सम्पर्क समिति, दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आगामी छुसकको अवसरमा कोरियामा आयोजना गर्ने “मंगोलियन हार्ट लाइभ कन्सर्ट एण्ड सांगितिक धमाका–२०१९” को विभिन्न सदस्यीय कार्यक्रम मुल आयोजक समिति गठन गरी प्रचारप्रसारमा तीब्र रूपमा लागिपरेका छन् ।
उक्त कार्यक्रकको बिस्तृत जानकारी गराउनका लागि आयोजक संस्थाले यहि अगष्टको १८ तारिख आइतबार पत्रकार सम्मेलनको पनि आयोजना गर्न लागिएको छ ।
नेपाली गित संगितमा विश्वलाइ नचाउन र चिनाउन साँगितिक यात्रालाइ बिगत २५ बर्षदेखि अनावरत लागि रहेका चर्चित लोकप्रिय गायक राजु लामाको मंगोलियन हार्ट ब्याण्ड आमन्त्रण गरिएको छ ।
चर्चित कलाकारहरुमा चर्चित गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल सिजन १ को सेकेन्ड रनरअप प्रताप दास, मोडल तथा हट डान्सर अञ्जली अधिकारी र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक तथा रामेछाप सम्पर्क समितिका अध्यक्ष रबि प्रताप घिसिङले बताएका छन् ।
‘प्रवाशी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ नारा सहित कोरियाको महान पर्व छुसकको अवसर आँउदो सेप्टेम्बर १२ तारिकका दिन सम्पूर्ण सुबिधा सम्पन्न ‘AW Convention हल’ हारिमगकमा हुनेछ । उक्त दिन दोङदेमुनबाट बसको ब्यस्था रहेको सिन्धुपाल्चोक समाजका अध्यक्ष तथा संयोजक सञ्जीब भण्डारीले बताएको छ ।
यस मनोरञ्जनात्मक, सामाजिक, परोपकारी कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन आ-आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग पुर्याइदिन हुन दोलखाली समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक सरोज केसीले कोरियामा रहनु भएका नेपाली समुदाय, संघ संस्था, पत्रकार, समाजसेवी, अग्रज, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी तथा विभिन्न भिसामा रोजगारको शिलसिलामा कोरिया रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा आयोजक संस्थाले अपिल गरेको छ ।



























