काठमाडौ । काभ्रेको रोशी गाउँपलिका वडा न ६ मा अवस्थित जगत स्मृति प्रतिष्ठान नेपालद्वारा खुशीको घर नामक अनाथ बाल अाश्रमलाई रु.१ लाख  ८६ हजार ६ सय रुपैया हस्तान्तरण गरिएको छ।

प्रदेश न. ३ को माननीय संसद तथा प्रदेश सभाका उप-सभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा उक्त रकम राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गरि वितरण गरिएको हो। कार्यक्रममा विशेष अतिथि पुर्व माननीय तथा युवा नेता तिर्थ लामा,तेमाल गाउँपालिका प्रमुख सलाम सिं तामाङ,नेपाल तामाङ घेदुङ वरिष्ठ उपाध्यक्ष बेली तामाङ, तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर,समाजसेवी उज्ज्वल लामा, तामाङ राष्ट्रिय घेदुङका संगठन विभागका प्रमुख विकास ब्लोन, सञ्चार विभागका कर्मा लामा लगायत विभिन्न संघ, संस्थाका अतिथिहरुको उपस्थिति रहेको थिए।

तामाङ कथानक चलचित्र “टुहुरोला ल्हुइ” ( टुहुरोको जिन्दगी ) विशेष च्यारिटी शो गर्दै जगत स्मृति प्रतिस्ठानद्वारा गोदावरीमा अवस्थित ”(खुशिको घर) नामक अनाथ बाल बालिकाहरुलाई विभिन्न सहयोग मनका धनी व्यक्तित्वहरुले पनि सहयोग गरेको थिए भने चलचित्र निर्देशन विनय दोङले चलचित्र बारेमा प्रष्ट पार्नु भयो ।साथै फिल्म च्यारिटी शो बाट र अन्य समाजसेवीहरु प्रदान गरेको रकमलाई कार्यक्रमबाट नै खुशीको घर बालअाश्रम सञ्चालक पुजा पोख्रेललाई हस्तान्तरण गरिएका थियोे ।

१९९८ सालमा जन्मिनु भएको स्वर्गीय जगत बहादुर तामाङको २०६७ सालमा निधन भएको थिथो।भने स्वर्गीय जगत बहादुर तामाङको सम्झनामा छोरा ७ दाजुभाइ र २ दिदीबहिनीको विशेष सकृयबाट उक्त प्रतिष्ठान निर्माण भएको अध्यक्ष पदम बहादुर तामाङले बताउनुभयो । बुवाको स्मृतिमा स्थापना गरेको यस संस्था सेवामूलक सामाजिक संस्था हो। यस संस्थाले अरु संस्थाले भन्दा निकै फरक शैलीमा समाजसेवी गरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि,र विशेष अतिथिहरुले कार्यक्रम प्रसंस गर्दै आगामी दिनमा यस्तै मानव सेवाका काम गर्नको लागी शुभकामना व्यक्त गर्नु भएको थियो भने कार्यक्रमका विशेष अतिथि तथा समाजसेवी बिकु थोकर ज्युले कार्यक्रममा नगद पैतालिस हजार रुपैया(४५,०००) सहयोग गर्दै समाज सेवा मुखले होइन व्यबहारमा लागू गर्नुपर्छ भन्दै सुरु गरेको शुभकामना मन्तव्यले उपस्थित सम्पुर्णको आँखा रसाएनु साथै केही समय सबै दर्शकहरु निकै भाबुक भएका थिए कार्यक्रम गायक अभिषेक तामाङ, अनिस योञ्जन,मन्सु दोङ लगायत  कलाकारहरुले अा  अाफ्नो प्रस्तुति राखेर मनोरञ्जन दिलाएका थिए।

कार्यक्रमका सभापति पदम बहादुर तामाङको सभापतित्वमा भएको थियोे भने कार्यक्रम सुदिन दोङले सञ्चालन गरिएको थियोे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।