काठमाडौं । तामाङ कथानक चलचित्र तिल्दाको ट्रेलर शुक्रबार एक समारोह बिच सार्वजनिक गरिएको छ।
चलचित्र बिकास बोर्ड सभा हल चावहिलमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा भएको उक्त कार्यक्रममा तामाङ चलचित्र तिल्दाको ट्रेलर सार्वजनिक तथा विभिन्न संघ, संस्था र समाजसेवी साथै तिल्दा चलचित्रमा अभिनय गरिएको कलाकारहरुलाई सम्मान पनि गरेको थिए।
कार्यक्रममा बिशेष अतिथि नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङ लगायत चलचित्रकर्मी विभिन्न संघ,संस्था र समाजसेवीहरु उपस्थिति भएको थिए।
यस चलचित्र अब चाडैं नै बजारमा ल्याउने निर्माण पक्षले जानकारी दिएको छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























