काठमाडौं – चर्चित नायक कुमार मोक्तान,प्रदिप मोक्तान र सुजीना गोलेका निकै सशक्त अभिनय रहेको एदा थुर्ला गीत सार्वजनिक भएको छ।
निकै व्यस्त एवम् चर्चित संगीतकार तथा गायक विशाल कल्तान र गायिका जितु लोप्चनको लोकप्रिय स्वर रहेको तामाङ गीत “एदा थुर्ला” को म्युजिक भिडियो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो।
गायक बिशाल कल्तानको शब्द संगीत रहेको गीतमा दिपेश प्रधानको एरेन्जर, प्रतिक ङेस्युरको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोमन ड्रोन पाईलट सुरेश घिसिङ रहेको छन् ।उक्त म्युजिक भिडियोलाई सुर्य लामाले सिनेम्याटोग्राफी, सम्पादन गरेका छन् ।
एदा थुर्ला भिडियोलाई जिग्मे मिडियाको अफिसियल युट्युबबाट सार्वजनिक भएको छन् ।
भिडियो हेर्नुहोस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























