'दिदि-भाई' बजारमा (भिडियो सहित)
दिदी भाईको पारिवारिक सुख दुःखलाई समेटेर निर्माण भएको दिदी भाइ दोहोरि गीत डिजिटल बजारमा आएएको छ । गीतमा शब्द महेश नेपाल र लय ख्याति प्राप्त लोक गायिका गीता देवीको रहेको छ ।
गीता देवीको संगीत रहेको उक्त गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् भने दिनेश तिमल्सिना र सुमित्रा तिमल्सिनाको स्वर रहेको छ । सागर गौतमको छायांकन रहेको गीतमा रमित वलीको सम्पादन रहेको छ । सबिन गौतमको निर्देशनमा बनेको म्युजिक भिडियोमा स्वंम सबिन गौतम, सुमित्रा तिमल्सिना र हरि कुवरले अभिनय गरेका छन् ।
म्युजिक भिडियोको साई कुमारि डिजिटल मिडियाले उत्पादन व्यवस्थापन गरेको हो । डि.ए.आर. मुभिज एन्ड फिल्मसको अफिसियल युटुव च्यानलबाट गीत डिजिटल बजारमा आएको छ ।

भिडियो:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।