काठमाडौं । गोल्चे मिडिया प्रा.लि. को आयोजनामा यहि भदौ १३ गते शुक्रबार गोकर्ण पार्क भित्र बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । “परिवर्तन, बिकास र सन्चारको सम्बाहक गोल्चे सन्चार“ भन्ने नाराका साथ संचालित उक्त मिडियाले ख्यती प्राप्त कलाकारहरुको साथमा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम पुर्व कानून मन्त्री तथा संघिय सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यता तथा नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दोर्जे लामाको बिशेष आतिथ्यतामा हुने भएको छ ।
उक्त साँस्कृतिक तथा सम्मान कार्यक्रममा वरिष्ठ गायक प्रेम लोप्चन, वरिष्ठ गायिका ईन्दिरा गोले, गायक सन्जिब वाईबा, विश्व दोङ, विशाल काल्तान, शशिकला मोक्तान, जोगलाल लामा, जीवन बोम्जन, जितु लोप्चन, लोकेन लामा, प्रकाश तामाङ, योगेश लामा, रेश्मा बोम्जन, सुनिता लुङ्बा, आस्मान लोप्चन, रोस्ना लुङ्बा, वर्षा थिङ, पुसन लामा र अनुस्का दोङको प्रस्तुती रहनेछ । साथै तामाङ कथानक चलचित्र “म्युङ पुजु“ को बिशेष प्रस्तुति समेत रहनेछन् । कार्यक्रम कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को अवसर पारेर गर्ने भएको हो । उक्त स्थानमा सो दिन मेला समेत लाग्ने गर्दछ ।
स्थापना काल देखि अहिले सम्मको अवधिमा मिडियालाई यस स्थानसम्म ल्याउन विभिन्न कोणबाट सहयोग गर्ने ३ बिशेष व्यक्तिहरुलाई समेत सम्मान गर्ने गोल्चे मिडियाका प्रबन्ध निर्देशक प्रीतम कुमार तामाङले जानकारी दिएका छन । त्यसै गरि कार्यक्रममा विशेषगरी सिन्धुपाल्चोक लिस्तिका दृष्टिबिहिन टुंना बाधक वीर बहादुर बिकको प्रस्तुती सबैको आकर्षणको केन्द्र बन्ने छ । बिकलाई मिडियाको पहलमा स्पिकर १ थान समेत सहयोग गर्नेछन् ।
उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको र सम्पुर्ण महानुभावहरुमा उपस्थित भै कार्यक्रमको भरपुर मनोरञ्जन लिन समेत हार्दिक निमन्त्रणा समेत दिएका छन । कार्यक्रम १० बजे देखि सुरु भै ५ बजे समापन गरिने गोलेले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























