बनेपा । अमिर सिंतानले बुवाबमबहादुर सिंतानको सम्झनामा वेदनाको गीत बजारमा ल्याएको छ ।तामाङ भाषामा तामाङ सेलोमा भावुक शब्दको प्रयोग गरी गीत तयार गरी बजारमा ल्याएको छ । यो गीत सुन्ने जो केहीको आँखाम ाआँशुले भरीदिन्छ । गीत सुनेर गहभरी आँशु नपार्ने सायदकमै होला ।
सिंतानको जन्म काभ्रेको साविक घर्तिछाप गाउँविकास समिति वडा नं. ७ डवली हाल महाभारत गाउँपालिका वडा नं. ८ मा पर्छ । उनको बाल्यकाल सोही स्थानको भीर पाखा खोलानालामा बिताएका थिए । उनी गाउँकै जनकल्याण माध्यामिक विद्यालयमा पढाई गर्दा गर्दै परिवारलाई सुख दिलाउनको लागि विदेशिएका थिए । विदेशी भूमीमा परिवारको दुःखलाई सम्झी पसिना चुहाउदै गर्दा उनको वुवा बमबहादुर सिंतानको निधन हुन्छ ।
उनले वुवा, आमा परिवारको दुःखर्बिसाई सुख साथ पाल्ने रहर बोकेर विदेशिएका सिंतानले आफ्नो बुवाको अनुहार हेर्ने रहर अधुरो नै हुन्छ । उनी विदेशी भूमीमा पसिना चुहाई रहेको समयमा घरमा भने बुवाको घेवा भैरहेको उनले थाहानै पाउँदैन । केहीदिन पछि थाहा पाँछ र बज्रपात पर्छ । वेदना गरेर के गर्ने भगवानको लिला कस्ले पो टार्न सक्छ र ।
यो कुनै कहानी हैन । काल्पनिक कथा हैन । वास्तविकता हो । त्यही बास्तविकतालाई सम्झेर सिंतानले ‘ङालाधिम’ बोलको गीत बजारमा ल्याएको छ । गीतमा उनको पीताको सम्झनामा ह्रिदय विदारक भाव प्रस्तुत छ । गीतमा स्वर अमृत लामा, संगीत निङ्मार घिसिङ रहेको छ ।हाल अमिर सिंतान जापानमा रहेका छन् । जापनमा रहेर गीत नेपाली बजारमा ल्याएको हो ।
भिडियो हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























