भक्तपुर । तामाङ चलचित्र संघका अायोजनामा भदौ १६ गते सोमबार २४ औं तामाङ चलचित्र प्रदर्शन दिवस भक्तपुरमा भव्य रुपले मनाउने भएको छ।
तामाङ चलचित्र संघले २०५२ साल भदौ १६ गते तामाङ कथानक चलचित्र समरी छोरङन पहिलोपटक प्रदर्शन भएको दिनलाई तामाङ चलचित्र दिवसको रुपमा मनाउँदै अाएको छन् । उक्त चलचित्र वरिष्ठ कलाकार जययन्द तामाङले निर्देशन गरेको हो।
२४ औं तामाङ चलचित्र प्रदर्शन दिवसका अवसरमा शुभकामना पार्टी प्यालेस भक्तपुरमा आयोजना हुने भएको छ ।
हाम्रो कला हाम्रो पन तामाङ चलचित्र हाम्रो पहिचान भन्ने नाराका साथ हुन गई रहेको २४औं चलचित्र प्रदर्शनी दिवसका अवसरमा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम हुने बताएका छ ।साथै चलचित्र जगतमा योगदान दिनुभएको विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिने तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी समेत अध्यक्षले दिनुभएको छ।साथै कार्यक्रममा उपस्थितिको लागि चलचित्र संघले आव्हान समेत गरिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























