तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । जिएमइ रेमिट्यान्सद्वारा आयोजित “GME My Voice Nepal-2019 South Korea” गायन प्रतियोगिता  आइतवार सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा प्रथम राधिका गोले, दितीय सूर्य रूम्बा र तृतीय दिपेन्द्र ताम्राकारले उपाधि हात पार्न सफल भएका छन् ।  बिजेताहरू क्रमश ५ लाख, २ लाख र १ लाख वोन् नगदराशी र ट्रफीले सम्मानित भएका छन् ।

जिएमइ रेमिट्यान्सले सबैभन्दा पहिलो चरणमा भिडियो अडिसन लिएको थियो । त्यसै भिडियोको आधारमा २२ जना प्रतिस्पार्धीहरू छनोट भएका थिए ।

प्रतियोगितामा गाउने गीतको गायकको पक्षबाट लाईक, कमेन्ट र सेयरको आधारमा टप १२ को नामावली सर्वाजनिक गरिएकोमा ३ जना वाइल्ड कार्डमार्फत प्रवेश गराइ १५ जनामा फाईनल प्रतिस्पर्धा गराईएको थियो ।

प्रतिस्पार्धीहरूमध्येबाट अनलाइन पोल भोटिङमार्फत २० प्रतिशत, प्रत्यक्ष दर्शक १० प्रतिशत भोटिङ, निर्णायक मण्डलको ७० प्रतिशत भोटगरि सबैभन्दाबढी अंक पाउने क्रमशः बिजयी भएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा मानकाजी शाक्य, रोशन भट्टाराइ, सिपी मगर र मिलन थापा रहेका थिए ।

गीत-संगीतको क्षेत्रमा लागि परेका र रूचि राख्नेहरूका लागि यो राम्रो प्ल्यटफर्म बन्न सकिने प्रतियोगितामा दितीय हुन सफल भएका मकवानपुर निवासी सुर्य रूम्बाले बताउनुभयो । साथै प्रतियोगितामा विभिन्न माध्याममार्फत सहयोग गर्नेहरूलाई विजेता रूम्बाले हार्दिक आभारसमेत ब्यक्त गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।