भक्तपुर । तेमाल अनलाइनका कार्यकारी सम्पादक सुदिन लामा सम्मानित हुनुभएको छ । २४औं तामाङ चलचित्र प्रर्दशनी दिवसका अवसरमा उहाँलाई सम्मान गरिएको हो ।
सिने पत्रकारिता जगतमा तामाङ चलचित्रको प्रचार प्रसार एवं विकासमा कलम चलाउँदै आउनु भएका पत्रकार सुदिन दोङ सम्मानित हुनुभएको छ ।
यस्तै प्रर्दशनी दिवसका अवसरमा सम्मानित हुने हरुपमा नायक रितुराज पाख्रीन, नायिका सुनिता लुङबा, निर्देशक बिनायक तामाङ, खलनायक बिकास स्याङतान, निर्माता दिपक तामाङ लामा, संगितकार निमा लामा तामाङ, नृत्य निर्देशकमा अजय स्याङतान, सम्पादन रोशन फ्युवा तामाङ, चरित्र अभिनेता प्रेम तामाङ, चरित्र अभिनेत्री भुइसल लामा रहनु भएको थियो भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष एवं कार्यक्रमका सभापति अमृत वहादुर सुनुवारले आदिवासी जनजाती चलचित्र भनेका देशका गहना हुन् जसले आदिवासीहरुको जीवन र जगतको रक्षा एवं संसार सामु उनीहरुको मौलिकता प्रस्तुत गरेको छ ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथी पुर्व राज्य मन्त्री रेशाम लामा, विशेष अतिथी नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङ, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन बल लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सभापतित्व तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले गर्नु भएको थियो भने कार्यक्रम संचालन संघका सचिव जयन कुमार मोत्तानले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साँगीतक प्रस्तुतीहरु पनि राखिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।