सुनिता दोङ तामाङ
गायक रोम लामा ब्लेन्देनको ‘गोरी गोरी’ यूट्युब मार्फत सार्वजनिक भएकोे छ । परदेशमा रहेर पनि आफ्नो भाषा, सँस्कृति र कलाको जगेर्न गर्ने उदेश्यले गीत संगीतमा लागेका लामाको यो गीत सार्वजनिक भएको हो ।
गायक लामाले निरन्तर तामाङ भाषाको म्युजिक भिडियो ल्याई रहने क्रममा ‘गोरी गोरी’ बजारमा आएको हो । यस गीत दामीज नुवाकोट यूट्युब च्यानल मार्फत सार्वजनिक भएको बताइएको छ ।
गोरी गोरीमा गायक रोम लामा ब्लेन्देन र म्हेंदोमायाकी चर्चित गायिका टीकामाया चोतेनको अवाज रहेको छ । यो गीतलाई अहिलेका युवा पुस्ताले मनपराउनेमा गायक लामा आशाबादी छन् ।
गीतमा लेयरीस सबिना तामांग, संगीत मिना लामा, एरेन्ज अमृत ल्वागुन, मिक्स डीका गुरुङको रहेको छ.।
भिडियोमा चर्चित मोडेल जोहन राई र नयाँ अनुहार संगीता लामाको दमदार अभिनय र डान्स रहेको छ । भिडियोमा निर्देशन सुनिता वाइबाको रहेको छ ।
भिडियो हुर्नेहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























