दुध बहादुर लामा,

दक्षिण कोरिया । मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गर्न लागिरहेको “सातौं तिलिचो कप” फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

उक्त तिलिचो कप फुटबल प्रतियोगिताको लागि २७ टिमले दर्ता गरिएको मनाङ परिवारका अध्यक्ष जेबी लामाले बताउनुभयो ।

प्रतियोगितामा फूटबल टिम यहि सेप्टेम्बर ४ तारिख बुधवार ५ बजे सम्ममा टिम दर्ताको लागि आयोजकले अह्वान गरिएको थियो ।

खेल तालिका (Tie-sheet) यही आईतबार निक ट्राभलको हलमा हुने भएकोले सम्पूर्ण फुटबल क्लबका अध्यक्षज्यूहरूलाई उपस्थितीको लागि अनुरोध समेत गरेका छन् ।

कोरियामा रहेका फुटबल क्लबहरूलाइ प्रतियोगितामा सक्रिया सहभागि भै कार्यक्रम सफल परिदिनुसमेत अध्यक्ष लामाले अनुरोध गरेका छन् ।

उक्त प्रतियोगिता बिगतको दिनहरूमा हुदै आएको दोङ्गदुछनको फुटबल मैदान (경기도 동두천시 어등로45 동두천 종합운동장) मा हुनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।