काठमाडौ । गीत सांगीतिक दुनियाँमा अाफ्नो कर्म थलोका रुपमा अगाडि बढ्दै अाएका गायिका रोश्मा बोम्जन र गायक अनिल वाईवाको तामाङ सेलो सोल्टिनी मैच्याङ बजारमा सार्वजनिक भएको छ।
पुर्व कानुन मन्त्री माननीय शेर बहादुर तामाङको प्रमुख अातिथ्यतामा बाैद्व जोरपाटी स्थित एक विशेष समारोहका बीच सार्वजनिक गरिएका हुन् ।
कार्यक्रममा विशेष अतिथि तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा,राष्ट्रिय तामाङ घेदुङ साँस्कृतिक विभागका अध्यक्ष शुक्र दोङ ,टिका बोम्जन ,चादनी मोक्तान ,शशीकला मोक्तान, निर्मला घिसिङ लगायत पत्रकार र सञ्चारकर्मी साथै तामाङ कलाकारकर्मीहरु बाग्लो उपस्थिति रहेका थिए।
शब्द साङ्गे ब्लोन, संगीत अनिल वाईवा र स्वर रोश्मा बोम्जन अनिल वाईवाको रहेको छन् । उक्त गीतमा नविन राई, कुमार लामा,रेशम फिरिरि रश्मी तामाङ,निराञ्जली लामा,मनिष्का पोख्रेलले अभिनय गरेका थिए।भिडियोमा वरिष्ठ गायक जययन्द लामाको अभिनयले झन आकर्षक बनाएको छ।
भिडियोलाई निर्देशक रहुल बाराईली, एरेन्जर पवन वाङ तामाङ, मिक्सिङ मित्र लामा कोरियोग्राफी सोम लामाले गरेका हुन् ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।