तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । कोरियामा छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा राइजिङ स्टार ग्रुपले रात्री म्युजिकल डान्स पार्टी गर्ने भएको छ ।

सो कार्यक्रमका लागि चर्चित संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा, नायक तथा टेलीभिजन प्रस्तोता आसिफ शाह र मिस्टर डी नेपालबाट कोरिया आउने छन् । रात्री म्युजिकल डान्स पार्टीका आयोजक सन्तोष कुमार राईले बताउनुभयो ।कालीप्रसाद नेपाल आइडियलका जर्ज हुन भने आसिफ कार्यक्रम प्रस्तोता पनि हुन् ।

‘कालीप्रसाद बास्कोटाले गाएका र संगीत दिएका चर्चित गीत गाउने छन् साथै मिस्टर डिको प्रस्तुति हेर्न पाइनेछ । साथै फुल्लाङ व्यान्डको प्रस्तुति रहनेछ भने डिजे सिम्यान र डिजे क्रियसनले पनि आफ्नो कला देखाउने छन् ।

२५ हजार वन टिकट रहने कार्यक्रम बेलुकी ९ वजेबाट सुरु हुने आयोजकले जानकारी गराएका छन् ।

एचडि मोबाइल दोङदेमुनको प्रस्तुति रहको कार्यक्रम दोङदेमुन नजिकै पर्ने 동대문구 전농동 622-1, 성 바오로 영안실 옆 시대 코리아 빌딩 지하 1 층 हलमा कार्यक्रम हुनेछ ।

कार्यक्रममा निमन्त्रणा भिडियो लिङ्कः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।