बनेपा । गायक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनियाँ’ बजारमा आएको छ । बुढेसकालमा आउने शारीरिक समस्या पछि परिवारमा भोग्नु परेको पिडा समेटिएको उक्त गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।
गायक पौडेलले एक दर्जन भन्दा बढी आधुनिक तथा लोक गीतमा स्वर दिईसकेका छन् । राज के.सी.को निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा (ज्ञानमाला) र अमोग ढुंगेलको अभिनय रहेको छ भने छाँयाकन मुकेश हुमागाँई, सम्पादन प्रकाश एस.के र श्रृंगार कविता तोलाङ्गीले गरेका छन् ।
स्थायी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना, पोष्ट प्रोडक्सन आर.एम फिल्मसको रहेको म्युजिक भिडियो डि.ए.आर. मुभिजको अफिसियल युट्यु च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।