भक्तपुर । नेपाल तामाङ कलाकार संघका १२ औं साधारणसभा तथा छैटौं अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।
भाद्र २८ गते शनिबार दिउँसो १२ बजेबाट शुरु गरिने कार्यक्रम प्रतिनिधि सभाका सदस्य सांसद नविना लामाले उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ ।
‘सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको बिकास संरक्षण तथा प्रबद्र्धन हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ हुन लागेको संघको १२ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनमा वृहत् साँस्कृतिक कार्यक्रम समेत हुने संघका अध्यक्ष सञ्जिव वाईवाले तेमाल अनलाईनलाई बताए । कार्यक्रम दि साँझ लज एण्ड बार नयाँ बस्ती बौद्व काठमाडौंमा हुने जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।