उदायमान गायक तथा द राइजिङ स्टार रमेश गोम्जाको ल्हास्सो फ्याफुल्ला सार्वजनिक भएको छ । म्हेन्दोमाया क्षेत्रामा निकै नै फरक तरिकाले आफ्नो स्थान बनाउन सफल रमेशको उक्त गीत यूट्युब मार्फत सार्वजनिक भएको हो ।
१५ बर्षको उमेर देखि गीत संगीत क्षेत्रमा लागेका रमेशले आफ्नो छुट्टै पहिचान बनाउद सफल गायकको रुपमा चिनिन्छ । दर्जनौं गीत पस्किन सफल भएका उनले यस पटक ‘ल्हास्सो फ्याफुल्ला’ बजारमा ल्याएको हो ।
भदौ २० गते ल्हाप्साङकार्पोका यूट्यूब च्यानलबाट यो गीत सार्वजनिक भएको हो । यस गीतमा रमेश गोम्जा र अन्जिला वाइबाले स्वर दिएका छन् । एरेन्ट कमल सौराग, संगीत जयवीर तामाङ, निर्देशन तथा सम्पादन भने जोन राईको रहेको छ ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।