तेमाल अनलाईन संवाददाता,
दक्षिण कोरिया
I कोरियनहरुको चाड छुसक पर्वको अवसरमा दोलखाली समाज, सिन्धुपालचोक समाज र रामेछाप सम्पर्क समितिको संयुक्त आयोजित कार्यक्रममा ‘दुर्गम भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोगार्थ’ अभियानमा मंगोलियन हर्ट ब्याण्डले हजारौं कोरियाबासी नेपालीको साथ पाएको छ ।

बिहीबार सउलको हरिमगागस्थित ए डब्लु कन्भेन्शन हलमा मंगोलियन हटका गायक राजु लामासहित रक गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दास र मोडल अन्जली अधिकारीले दर्शकलाई नाचएका हुन् ।

गायक राजुले मंगोलियन हर्टको २५ औं सांगीतिक यात्राको उत्सव पनि मनाएको हो । व्याण्डको प्रस्तुतिसँगै यहाँको नेपाली दर्शक पनि नाचेका थिए ।

गायक राजुले नेपाली झण्डासहित ‘मेरो देश…’ गीत गाउँदै स्टेजमा चढेपछि दर्जनौ चर्चित नेपाली गीतहरु गरेका थिए । उनले दर्शकलाई नचौदै ‘तिम्रो यादमा…’, ‘यो तिम्रो सहरमा…..’, ‘ल्याइदेउन आपा…’, ‘यो जुनीमा…’, ‘तिमीलाई देखेर…’, ‘हे देउता…’, ‘पर्खाइमा…..’, ‘नाचौ गाउ….’, ‘हल्ला चलेछ…’, ‘तिम्रो बाटोमा…’ जस्ता गीतहरु गाएर दर्शकलाई नचाए ।

ब्याण्डका रिदम गितार बबी लामा, ड्रममा सन्तोष थापा, लिट गितार किरण नगरकोटी, बेस गितारमा पवन कपालीलगायतले राजुलाई साथ दिएका थिए । ब्याण्डको तर्फबाट सिन्धुपाल्चोकको दुर्गमका विद्यार्थीको लागि एक लाख रुपैयाँ सहयोग घोषणा गरेको थियो ।

लोकदोहोरी गायक प्रकाश कटुवालले ‘ढाँडे विरालो…, ‘यो रक्सीको गन्ध..’ लगायतका आधा दर्जन गीत गाए । रक गायिका तथा अहिले नेपालमा चलिरहेको रियालिटी शो द भ्वाइस अप नेपालका जर्ज आस्था राउतले ‘म त नेपाली..’, ‘बोतलको पानी..’ जस्ता आधा दर्जन गीतहरु गाउदै दर्शकको महोललाई तताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नेपाली राजदुत रामसिंह थापाले छुसकको अवसरमा शुभकामना दिदै मनोरञ्जनले दुख पीडालाई साथ दिने बताए ।

त्यसैगरी एनआरएनका अध्यक्ष लक्ष्मी गुरुङ, एनआरएनए एसिया प्यासीफिक संयोजक विनोद कुँवर, एनसीसी अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष सोम तामाङ, प्रदेश ३ एकता समाज दक्षिण कोरयाका अध्यक्ष किशोर ब्लोन ‘नियोग’ लगायतले शुभकामनाा दिएका थिए ।

आयोजक संस्थाहरुका अध्यक्ष सरोज केसी, सन्जीव भण्डारी र रविप्रताप घिसिङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।