काठमाडौं ।तामाङ कथानक चलचित्र म्युङ पुजुको जब माया बुजी बोलको गीत सार्वजनिक भएको छ।
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा बाैद्व जोरपाटीमा पत्रकार सम्मेलन गरि उक्त गीतलाई सार्वजनिक गरेका थिए।
पत्रकार सम्मेलन कार्यक्रममा तामाङ कलाकार संघका सचिव विशाल काल्तान, चर्चित नायक तथा निर्देशक अमिर दोङ, तामाङ चलचित्र संघका महासचिव जयन कुमार मोक्तान,लगायतका अतिथिहरु उपस्थिति रहेको थियोे ।
यस गीतमा नायक ईश्वर लामा पाख्रिन र चर्चित नायिका सुस्मा मोक्तानको निकै सशक्त अभिनय गरेका छन् ।
चर्चित गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगितमा रहेको उक्त गीतमा विशाल काल्तान र जितु लोप्चनको सुमधुर अावाजमा रहेको थियोे ।
डम्फु मिडियाको ब्यानरमा निर्माण गरेका तामाङ चलचित्र म्युङ पुजुमा चलचित्रकै निर्देशक अजय स्याङतानले नै नृत्य निर्देशन गरेको भिडियोलाई बिक्रम मोक्तानले छायांकन तथा सम्पादन गरेका थिए।
अध्यक्ष विकु थोकरले अाफ्नो मन्तव्यको क्रममा हरेक चलचित्र उत्थानका लागि तामाङ चलचित्र संघले हरेक कोणबाट साथ दिने बताएका छन् ।
कान्छी माया गोलेको निर्माणमा बनेको चलचित्र म्युङ पुजु अव चाडैं दर्शकहरु बीचमा ल्याउने निर्माण पक्षले जानकारी दिएका थिए।