बनेपा । लोक दोहोरी गायिका गोमा कोईरालाले नेपालीहरुको महान चाड दशैमा गरिबीका कारण भोग्नु परेको पिडालाई समेटेर ‘आयो दशैं गरिबलाई रुवाउन’ आएकी छिन् ।
दशैंलाई लक्षित गरि गायिका गोमाले शम्भु नेपालसँग मिलेर गरिबको पिडालाई समेटी ‘आयो दशैँ गरिबलाई रुवाउन’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । महान चाड दशैमा समेत गरिबिका कारण दशै मनाउन नसकिएको र अरु दशैको रमझममा रमाउदा आफ्ना परिवार भने अभावमा रहनुपर्दाको खिन्नताको भाव समेटेर तयार गीतमा गोमालाई पुराना लोक दोहोरी गायक घमेश दुलालले स्वरमा साथ दिएका छन् ।
बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई गीतमा समाबेस गरिएको बताउने गाियका गोमा हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको कथनलाई गीतमा उजागर गरिएको बताउँछिन् । ‘आयो दशैं गरिबलाई रुवाउन’ बोलको गीतमा शम्भु नेपालको लय तथा शब्दमा तयार गितको म्युजिक भिडियो मनोज खड्काले निर्देशन गरेका छन् भने राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको अभिनय रहेको छ । भिडियोका छायाँकन रबिन बजगाईंले गरेका छन् भने सम्पादन प्रकाश एस.के ले गरेका छन् ।
यस अगी थुप्रै गीतहरु बजारमा ल्याइसकेकी गायिका गोमा कोइरालाले नेपाली लोक तथा दोहोरी गीतबाट मौलिकता कहिले नगुमोस् भन्ने चाहना राख्दै समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर गीत तयार पारिएकोले गीतबाट आशावादी रहेको बताउँछिन् । भिडियोलाई संगित सरोबरले युट्युबमा बजारमा ल्याएको हो । यु ट्युबमा गित रिलिज भएको केहि समय पछि नै गीतको भ्युअर्स धमाधम बढ्न थालेको छ । गायिका गोमा कोईरालाको नयाँ स्वादको यो गीत लोक गीतको क्षेत्रमा नयाँ आयाम रहेको बताइन्छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।