गुन्जन उपाध्यायको सुमधुर स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाए’ डिजिटल बजारमा आएको छ ।
गीतको शब्द तथा संगीत टुंग नेपालको रहेको छ । रिता याम्फु र जिन झेंगको अभिनय रहेको म्युजिक भिडियोको कथा तथा परिकल्पना अन्तरा उपाध्यायले गरेकी छन् । मन्जिल श्रेष्ठले भिडियोको निर्देशन, छांयाकन र सम्पादन गरेका छन् ।
अमेरिकाको डलास लगाएतको स्थानमा छायाँकन गरिएको ‘माया कस्तो लाए’ डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।