काठमाडौं । नेपाल तामाङ कलाकार संघको १२ अाैं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट पुन सञ्जिव वाईवा सर्वसम्वत रुपमा अध्यक्षका रुपमा अाउनु भएको छ।
वरिष्ठ उपाध्यक्ष विश्व दोङ ,उपाध्यक्ष शशिकला मोक्तान,महासचिव,विशाल काल्तान,सह-सचिव रोशन फ्युवा कोषाध्यक्ष सुवास मोक्तान,सदस्य चादनी मोक्तान ,फुल कुमार बम्जन,निर्मला घिसिङ ,बुद्ध लामा,कुमार स्याङवा,कुमार तामाङ ,जितु लोप्चान ,मिङ्स लामा,प्रयास दोङ ,बैरागी मोक्तान ,योगेश लामा गरि १७ कार्यसमिति निर्वाचित भएको छ।
“सम्पुर्ण तामाङ कलाकारहरुको एकता,
तामाङ कला र संस्कृतिको बिकास
संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता” भन्ने मुल उद्देश्यका साथ गरेको कार्यक्रम संघीय संसद माननीय नविना लामाको प्रमुख अातिथ्यतमा भएको थियोे।
कार्यक्रमका बिशेष अतिथि राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, वरिष्ठ सेलो गायक चन्द्र कुमार मोक्तान तार वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, वरिष्ठ गायक तथा संगीतकार प्रदिव बम्जन, वरिष्ठ संगीतकार कुँवर सिह दोङ, तामाङ वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र दोङ,इन्द्रिरा योञ्जन,तुलसा वाईवा,छेवाङ तेन्जिङ लामा, राष्ट्रिय तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष शुक्र दोङ, कुमार लामा रविन तामाङ , निर्देशक अमिर दोङ खोजराज गोले,सुरेन्द्र थिङ तामाङ लगायतका अन्य अतिथिहरुको उपस्थिति भएको थियोे ।
साथै कार्यक्रम उपस्थिति अतिथिहरुले अा अाफ्न‍ो शुभकामना मन्तव्य पनि राखेका थिए।
कार्यक्रममा बीचबीचमा नायक तथा निर्देशक अमिर दोङ, नायिका सुस्मा मोक्तान अनुष्का दोङ,पुर्णिामा तामाङ,मिङ्स लामा, प्रकाश तामाङ लगायतका धेरै कलाकारहरुले प्रस्तुति पनि राखेका थिए।
गायक तथा संगीतकार प्रयास दोङको Prasyas soltaz band को पनि उद्घाटन गरिएको थियोे ।
दि साँझ लज एण्ड बार नयाँ बस्ती बाैद्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य गायक तथा संगीतकार विश्व दोङले राखेका थिए।भने कार्यक्रम सञ्जिव वाईवाको सभापतित्वमा भएको थियोे भने सञ्चालन गायक तथा संगीतकार बिशाल काल्तानले गरेको थियोे ।

Comments

comments