तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । सेलो गायक पेमा वाइबाको “सउल घुम्न जादाँमा…” गीतको भिडियो युट्यूबमा शुक्रबार सार्वजनिक भएको छ ।

नेपाल रहदै नै सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक पेमा वाइबाले कोरियामा रोजगारी गर्दै गीत–संगीतमा समय दिइरहेको छ । “दोर्जे ग्याडम् रिमठिम फेबे समूह” मार्फत तामाङ भाषाको गीति एल्बम “दुःखला न्हान्”बाट औपचारिक सांगितिक यात्रा शुरु गरेका लामा हाल दक्षिण कोरियामा हुनुहुन्छ। अहिलेका चर्चित गायिका  पूर्णिमा लामाले स्वरबद्ध गर्नुभएका “मन पराउने मायालु”, गीत समेत उहाँको शब्द, संगितमा रहेका छन्। यसरी  “दुःखला न्हान्”, “छार नेपाल “गीति एल्बम र “मन पराउने मायालु..” गीत हुँदै “सउल घुम्न जाँदामा..” सम्मको यात्रामा लामाले केही गीतहरूमा आफ्नो स्वर र संगीत दिनुभएको छ । सउल घुम्न जाँदामा ..गीत कोरियाको राजधानी वरिपरि छायांकन गरिएको छ ।

वाइबाको “सउल घुम्न जादाँमा” गीतमा कोरियन भाषा, कोरियाको संस्कृति, कोरियन प्रेमिकामाथि आफ्नो मनको अभिव्यतिलाइ गीत र भिडियोमा कैद गरिएको छ ।

यस म्युजिक भिडियोमा गायक स्वयम र नानु पुनको अभिनय रहेको छ । भिडियो बिसन कौछाले छायाङ्कन गरेका हुन् भने रियोना फिल्मस् मार्फत बनेको हो । दिपक विष्टको सम्पादनमा रहेको भिडियोलाइ रिकमान थापा मगरले निर्देशन गरेका थिए ।

गीतमा स्वयम गायक वाइबाको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो HighlightsNepal युट्यूबमा च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोलाः

Comments

comments