तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नव सेलो गायक राज ब्लोनको तामाङ सेलो दोहोरी गीत “पिङ्गै मार्चा थुला”गीतको भिडियो युट्यूबमा शनिबार सार्वजनिक भएको छ ।

नव गायक राज ब्लोन बिगत ३ बर्षदेखि दक्षिण कोरियामा रोजगारी गर्दै आफुलाइ झण्डै २ बर्ष यता शब्द रचना र गीतमा सशक्त भै आफ्नो स्वर दिदैं आइरहेको छ ।

उनले बिशेषताः सेलो गीत संगीतलाइ रोजेका छन् । गायक ब्लोनको पहिलो गीत ‘भट्टीला साहुनी’, र दोस्रो गीत ‘नाना छामे’लाइ यस अघि नै दर्शक श्रोतासामु पस्केका थिए । साथै गायक ब्लोनले गायक ज्ञान लामाको पहिलो गीत ‘नुवाकोटे मैच्याङ’ लगायत अन्य गीतहरूमा समेत आफ्नो शब्द  स्वर दिइ सकेका छन् ।

भिडियोमा बर्षा थिङ र सुनिल तामाङले अभिनय रहेको म्हाबर डान्स् क्रिउले साथ दिएको छ । सुरेश घिसिङको छायाँङ्कन, बज्र ङेसुरको सम्पादनमा बनेको यो गीतको भिडियोमा प्रतिक ङेसुरले कोरियोग्राफी/निर्देशन गरेका हुन् ।

उनको यो तामाङ सेलो गीत “पिङ्गै मार्चा थुला” तेस्रो गीत हो । यो गीतमा शब्द स्वयम गायक ब्लोनको रहेका छभने स्वरमा गायक ब्लोनलाइ तामाङ गीतसंगीतको क्षेत्रमा चर्चित गायिका जितु लोप्चनले साथ दिएका छन् ।

यो गीतमा सानु बाबु घिसिङको संगीत, नोर्बु शेर्पाको एरेन्ज र रेकार्डिङ साथै दिपेश प्रधानको मिक्सिङ रहेको छ । सरगम रेकार्डिङ स्टुडियोमा रेकार्ड भएको गीतको भिडियो Jigme Media युट्यूबमा च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला…

https://youtu.be/_QtpyAUiLIE

Comments

comments