भक्तपुर । गायक विहिन दोङको निकै सम्भावना बोकेको नयाँ तामाङ लभ गीत ङला लिङला गुङरी च्याको, ह्याङला मायाला म्हाङ स्याप्ला बोलको गीतका भिडियो सम्पादन भइरहेको छ।
निकै लामो समयदेखि दर्शकको प्रतीक्षामा रहेको उक्त भिडियो अब भने छिट्टै नै बजारमा ल्याउने तयारी भइरहेको छ।

छोर्वाला काई गेताङको प्रस्तुति रहेको गीत अाम दर्शकहरुले अत्याधिक रुचाएको बहुप्रतिक्षित तामाङ प्रेमगीतका भिडियोको तनहुँ जिल्ला र कास्की जिल्ला पोखराको सुन्दर पर्यटकीय फेवाताल, बेगनासताल सेती नदी लगायत विभिन्न रमणीय दृश्य कैद गरिएको छ।

समाजिक अभियन्ता सञ्चारकर्मी तथा पत्रकार तथा सञ्चारकर्मी सुदिन लामा दोङको रचनामा संगीत सृजना भने युवा गायक विहिन दोङको रहेको छ। स्वर विहिन दोङ र चर्चित गायिका जितु लोप्चानका सुमधुर अावाज रहेको छन्।

गीतमा अभिनय व्यस्त मोडल निराञ्जली तामाङ र हेमन्त लामाले निकै सशक्त अभिनय गरिएको छ।भने निर्देशन अजय स्याङतान, ड्रोन क्याप्टेन र छायांकन विक्रम मोक्तान रहेको छ।भिडियो चाडैं अाउन लागेको निर्माण पक्षले जानकारी दिएका छ।

Comments

comments